शिक्षा

एआइबीटीले बिध्यार्थीलाई अप्सन दियो

By Bala Adhikari

March 10, 2019

अस्ट्रेलियन नसिंङ एन्ड मिडवाइफरी एक्रिडिएसन काउन्सिल (एन्म्याक)को आवद्धता पाउन नसकेपछि करिब एक हजार नेपाली बिध्यार्थी अन्यौलमा पारेको एआइबीटी कलेजले बिध्यार्थीको हितमा भन्दै केहि अप्सन अघि सारेको छ । कलेज खारेजीमा परेपनि कानुनी उपचारमा रहेको अवस्थामा कलेजले बिध्यार्थीहरुलाई सम्वोधन गर्दै बिभिन्न पाँंच अप्सन मार्फत उनिहरुको समस्याको सम्वोधन गर्न खाजेको छ । कलेज छाडेर अर्को कलेज जाने बिध्यार्थीलाई रिलिज दिने, या उनिहरुलाई अर्को कलेजमा स्थानतरण गर्ने प्रकृयामा लाने , पढेको जती काटेर पैसा फीर्ता दिने र सात ल्याउने बिध्यार्थीलाई टेफ कलेजमा अनुवन्धनको लागि कार्य गर्ने जस्ता केहि लचक प्रावधान अगाडि सारेर कलेजले बिध्यार्थीको आगो शान्त पार्न खोजेको छ । एआइबीटी कानुनी उपचारमा गइरहेपनि सरकारी शिक्षा निकायले मार्च २६ भित्र यस बिषयमा निर्णय लिने छ । कलेजले यसमापनि चित्त नबुझे अझ माथिल्लो निकाय कोर्टको ढोका ढकढकाउन सक्ने प्रावधान रहेको छ । बिध्यार्थीहरु भने खारेजिमा परेपनि सोही कलेजमा पढाइ गरिरहेका छन भने कलेजको नया निर्णइको पर्खाइमा रहेका छन । तर कलेजले भने बिभिन्न पाँचवटा अप्सन दिएर बिध्यार्थीको वाटो भने खुला गरेको छ । यस्तो अवस्थामा केहि बिध्यार्थीहरु आफ्नो नया अप्सनका बारेमा समेत छलफल अगाडि बढाएका छन । तर धेरै बिध्यार्थिहरु भने कलेज बारे सरकारको नया निर्णय कुरेर बसेका छन । यदी सरकारले कलेजलाई पुर्ण खारेजी गरयो भने ट्युसन प्रोटेक्सन र्सिभसले काम अगाडि सार्ने भएकोले सबैले त्यसतर्फ हेरिरहेका छन । तर यसको लागि भने निकै लामो प्रकृयावाट अगाडि बढनु पर्ने हुन्छ । एआइबीटीले भने यो सरकारी निकायको समेत हेलचेक्राइ भएकोले आफ्नो मात्र गल्ती नरहेको बिध्यार्थीलाई बताउदै आएको छ ।तर बिध्यार्थीहरु भने कन्सलटेन्सीले आफुहरुलाई झुठो आश्वासन दिएको र कलेज एन्म्याकसँंग आवद्ध रहेको बताएका कारण आफुहरु अलपत्र परेको बताउदै आएका छन । प्रत्येक बिषयमा सात अंक ल्याउने बिध्यार्थीले मात्र डिप्लोमा अफ नसिंङ पढेर इनरोल नर्स बन्न पाउने प्रावधान ल्याएपछि अस्ट्रेलियामा अहिले थुप्रै नेपालीहरु यसवाट प्रभावित बनेका छन ।