मनोरञ्जन

चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न : चैत्र ७ गतेबाट छायांकन सुरु

By Bala Adhikari

March 12, 2019

काठमाडौं, फागुन २८ । चिरायु फिल्मस प्रा.ली.को प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘हली’को शुभ मुहुर्त राजधानीमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । नायक सरोज खनाल, प्रमोद दिप र नायिका सुजाता थापाले ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा फिल्मको मुहुर्त शट दिदै नरिवल फोडेर चलचित्रको शुभमुहुर्त गरेका हुन् ।

समसामयिक बिषयमा केन्द्रित रहेर चलचित्र निर्माण गरिने सो शुभ मुहुर्त कार्यक्रममा बताइएको छ । चलचित्र निर्देशक ओम प्रतिक गुरुङले कथा लेखन रहेको सो चलचित्रको निर्देशन पनि गुरुङले नै गर्ने जानकारी गराइएको छ । उक्त चलचित्रमा गाउ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको निर्देशक गुरुङले बताएका छन् । चलचित्र हलीका निर्माताका रुपमा पूजा गुरुङ, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेको सो कार्यक्रममा जानकारी गराइएको थियो । आगामी चैत्र ७ गते देखी प्युठान जिल्लाको रमणिय स्थानमा छायांकन सुरु गरिने बताइएको छ ।

सो चलचित्रमा लामो समयदेखि चलचित्र क्षेत्रमा राज गर्दै आएका सरोज खनाल र फरक धारका चलचित्रमा मात्र अभिनय गरेका प्रमोद दिप यस चलचित्रमा राम्रै जम्ने निर्माण पक्षको दावि छ । हरेक चलचित्रमा फरक तरिकाबाट प्रस्तुत हुने दिपको यस चलचित्रमा कस्तो भुमिका होला त भन्ने आम दर्शकको प्रतिक्षाको विषय बन्ने अनुमान गरिएको छ । सरोज खनाल, प्रमोद दिपका अलवा सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कन्चन दुलाल, रोहित जोशी, सुरेश नगरकोटी लगाएतका कलाकारको अभिनय रहने जानकारी गराइएको छ ।

चलचित्रमा राहुल राइको छयांकन, सम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द तथा राम प्यासिको कोरियोग्राफि रहने टुङ्गो लागेको छ । मुख्य सहायक निर्देशकको रुपमा सो चलचित्रमा जीवनाथ गौतमको रहने जानकारी गराइएको छ । चलचित्रको मुहुर्त समारोहमा उपस्थित चलचित्र टिमले चलचित्रले हाम्रै गाउ ठाउमा घटेको घटना हरुलाई प्रस्तुत गर्ने भन्दै आफुहरुले उठान गरेको बिषय बस्तुले दर्शकको मन जित्नेमा आफुहरु आसाबादी रहेको बताइएको थियो ।