काठमाडौँ, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्य उपचारका लागि आज अमेरिका तर्फ प्रस्थान गर्ने भएका छन् ।
अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उनी आज साँझ अमेरिका तर्फ प्रस्थान गर्न लागेको बताइएको छ । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुने बताइएको छ ।
सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या भएकाले विभिन्न देशमा गई उपचार गराउँदै आइएकोे छ । पछिल्लो पटक सीतलाई गत असोजमा सिङ्गापुरमा समेत उपचार गराएर ल्याइएको थियो ।
उनकै उपचाका लागि अमेरिका प्रस्थान गर्दै गरेका अध्यक्ष प्रचण्डका राजनीतिक भेटघाट तथा कार्यक्रमका बारेमा भने केहि खुलाइएको छैन । सथै दाहाल दम्पति कति दिन अमेरिकामा रहेने भन्ने समेत स्पष्ट रुपमा बताइएको छैन ।