आर्थिक

सेञ्चुरी बैंकद्वारा लाभांश दिने

By Bala Adhikari

March 21, 2019

काठमाडौँ, चैत ७ गते । आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण सेञ्चुरी कमर्सियल बैंकले गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख नौ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन आउने रु ३७ करोड १२ लाख ७० हजार ८०५ नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सो लाभांश वितरण गरिने बताएका छन् ।