कभर स्टोरी

प्रदेश नम्बर २ को चुनाव नसर्ने : प्रधानमन्त्री देउवा

By Bala Adhikari

August 04, 2017

जनकपुर, साउन २० । राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तोकिएको प्रदेश नम्बर २ को चुनाव पछि नसर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

राजपालाई चुनावमा सहभागी गराउनका लागि सरकारले कोसिस गरिरहेको उनको भनाइ छ । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । संविधान संशोधनका लागि भने आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको उनले बताए ।

राजपालाई निर्वाचनमा सहभागी गराउन कुराकानी भइरहेको उनले बताए । राजपालाई सहमतिमा ल्याएर नै चुनाव गर्ने प्रयास गरिन तर राजपा सहभागी हुन आएन भने असोज २ को चुनाव नसारिने उनको भनाई छ । प्रधानमन्त्री देउवाले असोज २ को चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने समेत दाबी गरेका छन् ।