कभर स्टोरी

पत्रकार महासंघद्वारा पत्रकारको क्षमता अभिवृद्धिका दुईदिने तालिम सञ्चालन

By Bala Adhikari

March 31, 2019

काठमाडौं, चैत १७ । नेपाल पत्रकार महासंघको आयोजनामा दुईदिने जनसरोकारको विषयमा रिपोर्टिङ सम्बन्धी पत्रकारिता तालिमको शुरु भएको छ । सत्यतथ्य सूचनामा ध्यान दिन तालिमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरेको जानकारी गराएका छन् । उनले विभिन्न समयमा महासंघले देशभरिका पत्रकारलाई लक्षित गर्दै तालिम तथा प्रशिक्षण दिने गरेको बताएका छन् ।

कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहालले प्रदेश समिति तथा शाखाहरुले सिफारिस गरेका पत्रकारहरुलाई तालिममा सहभागी गराइएको जानकारी गराका थिए । तालिमका प्रशिक्षक मोहन मैनालीले पत्रकारहरुका लागि जनसरोकारका विषयमा अन्त्यन्तै न्यून तालिम हुने गरेको भन्दै महासंघले आयोजना गरेको तालिम महत्वपूर्ण रहेको औंल्याएका थिए ।

उनले आगामी दिनमा पनि सरकार तथा महासंघले यस्ता खालका तालिमलाई निरन्तरता दिनपर्ने सुझाब दिएका छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत पच्चीभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको तालिम भोलि सम्म चल्ने छ ।