कभर स्टोरी

बारा–पर्सामा ज्यान गुमाउने र घाइतेहरूप्रति महामन्त्रीद्वारा दुःख व्यक्त

By Bala Adhikari

April 01, 2019

काठमाडौँ, चैत १८ । प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी विपतीबाट पुगेको क्षतिबाट आफू र नेपाली कांग्रेस पार्टी दुःखी एवम् चिन्तित भएको बताएका छन् ।

जिल्ला भ्रमणका क्रममा पाल्पा पुगेका महामन्त्री डा.कोइरालाले आइतबार बिहान दुःख व्यक्त गर्दै बारा–पर्सामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाईतेको स्वास्थ्यमा चाडो सुधार आओस् भन्दै धाइतेको औषधि उपचारमा सरकारले जति सक्दो चाडो उद्धार गर्न अनुरोध गरेका छन् । उनले घाइतेहरूको उद्धारमा खटिएका सुरक्षाकर्मी, कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सबैप्रति धन्यावाद समेत ज्ञापन गरेका छन् ।

कांग्रेसका महामन्त्री डा. कोइरालाले विपतीको यस घडीमा तेरो र मेरो केही पनि नभनेर पीडितहरूको उद्धार र राहतमा ध्यान दिन सबैमा अपील गरेका छन् । यस दुखद् घडीमा हामी सबै मिलेर सामना गर्नुपर्नेमा उनले जोड दिएका छन् । साथै कांग्रेसका महामन्त्री डा. कोइरालाले मृतकका आफन्त र घाइते परिवार र घर भत्किएकाहरूलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

डा.कोइरालाले नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धारमा खटिन र सहयोगका हातहरु फैलाउन अनुरोध गरेका छन् । साथै कोइरालाले घाइतेहरूको उपचारमा सक्रिय हुन आग्रह गर्दै रगत अभाव भएका अस्पतालमा पुगेर रक्तदान गर्न सबैलाई आग्रह गरेका छन् ।