काठमाडौँ, चैत १८ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई बारा र पर्सा जिल्लामा उद्धार र राहतमा खट्न निर्देशन दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटमा देउवाले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’ पूर्व प्रधानमन्त्री देउवाले घाइतेहरूको उपचारमा तादरुकता देखाउन पनि सरकारलाई आग्रह गरेका छन् ।
आइतबार साँझ बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको ज्यान गईसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।