काठमाडौँ, चैत १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि बारा–पर्साको भीषण आँधीबेहरीको वस्तुस्थिति बुझ्नका लागि त्यस तर्फ प्रस्थान गरेका छन् ।
नेपाली कांग्रेसले उपसभापति निधिलाई सो क्षेत्रमा पठाएको हो । आँधीबेहरीमा परी घाइते भएका सर्वसाधारणको उपचार र राहत कार्यलाई व्यवस्थित बनाउन सबैको ऐक्यवद्धता आवश्यक परेको भन्दै कांग्रेसले उपसभापति निधिलाई प्रभावित क्षेत्रमा खटाएको बताइएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपसभापति निधिलाई पार्टीका तर्फबाट आँधीबेहरी प्रभावित क्षेत्रमा खटाइएको जानकारी दिँदै निधि केहीबेरमा प्रभावित स्थलमा पुग्ने जानकारी गराएका छन् ।