कभर स्टोरी

पण्डित हेमराज शाक्यको शालिक महानगरको मेट्रो पार्कमा अनावरण

By Bala Adhikari

April 05, 2019

ललितपुर,चैत २२ । ललितपुर महानगरपालिका परिसर स्थित पार्कमा निर्माण गरिएको पण्डित हेमराज शाक्यको अर्धकदको शलिक अनावरण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शालिकको अनावरण गरेका हुन् ।

बौद्ध धर्म, संस्कृति, कला, पुरातत्व, नेपाल भाषा एवं लिपिको क्षेत्रमा शाक्यको महत्वपूर्ण योगदान रहेको थियो । पण्डित हेमराज शाक्यको अर्धकदको शलिक कलाकार प्रकाश शाक्यले वनाएका हुन् । शालिक बनाउने कलाकार प्रकाश शाक्यलाई महानगरका मेयर चिरीबाबु मर्हजनले सम्मान पत्र समेत प्रदान गरे । पण्डित हेमराज शाक्यको अर्धकदको शलिक भएको मेट्र पार्कमा नेपाल भाषाका पत्रकार धर्मादत धर्माचार्यको समेत शालिक रहेको छ ।

जुन शालिक यसअघि नै अनावरण भइसकेको थियो । ८४ वर्षको उमेरमा वि.सं. २०६६ सालको घोडेजात्राकै दिन शाक्यले यस धर्तीबाट विदा लिएका थिए । उनले नेवारी लिपि एवं कलाको संरक्षण गर्ने क्रममा ७२ वटा पुस्तकहरु रचना गरेका थिए । 

शालिक अनावरण गर्दै महानगरका मेयर महर्जनले हेमराज शाक्यले कला र संस्कृतिको संरक्षणको क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै महानगरले पार्कमा शालिक राखेको वताए। उनले भने, ‘कला संस्कृति ललितपुरको परिचय हो, यसको संरक्षणमा लाग्ने कलाकारको संरक्षण गर्नु हाम्रो दायित्व हो।’  महानगरले स्थापना गर्ने मेट्रो पुस्तकालयमा शाक्यले रचना गरेका पुस्तकहरुलाई राखिने वताए । बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशशीले महानगरले शाक्यको शालिक राख्नु व्यक्तिको मात्रै सम्मान नभएर सम्पूर्ण कला, साहित्य र संस्कृतिमा योगदान पु¥याउनेको सम्मान भएको वताए। यस्तो सम्मानले नयाँ पुस्तालाई प्रेरणा मिल्ने उनको भनाई थियो । पण्डित हेमराज शाक्यका छोरा सुरेन्द्र शाक्यले भाषा, संस्कृति प्रवद्र्धनको लागि योगदान पु¥याउने व्यक्तिको सम्मान गर्दै शालिक राखेर महानगरले प्रशंसनीय काम गरेको वताए।

उनले भने, ‘ बुबाले रचना गर्नु भएका कृतिहरु छन्। त्यसको संरक्षण गर्नु आवश्यक छ। जसको लागि एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्नु आवश्यक छ ।’ प्राध्यापक प्रेमशान्ति तुलाधरले नेपाल भाषा र संस्कृतिको उत्थानका लागि पण्डित हेमराज शाक्यको योगदान महत्वपूर्ण रहेको वताइन् । बौद्ध धर्म, संस्कृति, भाषा, कला र लिपिलाई प्रचारप्रसार गर्न पण्डित हेमराज शाक्यले आफूपछिका पुस्तालाई समेत प्रेरित गरेको उनले वताइन् ।

नेपाल भाषा मंका खलका ऋषिप्रसाद श्रेष्ठले भाषा, लिपि र संस्कृति राष्ट्रको पहिचान भएको वताउँदै यसको संरक्षण र प्रवद्र्धनमा हेमराजको योगदानको चर्चा गरे । कार्यक्रममा नरेश ताम्राकार, माँ भाय् पुचःका हिरारत्न शाक्यलगायतले हेमराज शाक्यको योगदानको चर्चा गरेका थिए ।