कभर स्टोरी

सरकारका विरुद्ध आन्दोलनका लागि तयार रहन नेविसंघलाई देउवाको निर्देशन

By Bala Adhikari

April 19, 2019

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ ।

नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौँले आज राजधानिमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको जानकारी गराएका छन् ।

निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको बताउँदै उनले भने, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचार विरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको छ ।

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसंघको तदर्थ समिति गठन गर्ने जानकारी गराएका छन् । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाई छ ।

काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द काँग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको औंल्याएका छन् ।  नेविसंघको कार्यसमिति चाँडो गठन हुने प्रष्ट पार्दै महामन्त्री कोइरालाले भने, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसंघको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताएका छन् ।

काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाएका छन् । उनले आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसंघको संगठन विस्तारमा लाग्नुपर्ने औंलयाएका छन् ।

काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसंघको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको जानकारी गराएका छन् ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नयाँ कार्यसमितिलाई तत्काल निर्माण गरेर नेविसंघलाई जागरण अभियानमा समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।

नेविसंघ काठमाडौँका अध्यक्ष मनोज बैद्यले पार्टीले नेविसंघको कार्यसमिति तत्काल गठन गर्न माग गरेका छन् ।