Uncategorized

एनआरएन अस्ट्रेलियामा चुनाब लाग्यो

By Bala Adhikari

April 21, 2019

डेमोक्रयाट उमेदबार मैदानमा देखिए

एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकीदै गर्दा यतिखेर नेपाली समुदायको बाहुल्यता रहेको सिडनी मेलवर्न, ब्रिसबेन, पर्थ जस्ता ठुला शहरहरुमा चुनाबी माहौल निकै तातेको छ । प्रवासको साझा संगठनका रुपमा चिनिने एनआरएनको ताजका लागि यहा पनि बिभिन्न खेमा र बिचारका मानिशहरु अलग समुहमा उमेदबारी दिन थालेका छन । हुन त यसको बिधानले एनआरएनमा राजनितीक घुसपैठ अमान्य हुने बैधानिक ब्यबस्था भएपनि यसरी समुह र खेमामा उठने प्रचलन सामान्य भैसकेको छ । सदस्यता खुलेको लगभग तिन हप्ता भैसक्दा कुल दुइ हजार मात्र सदस्य बनेको परिस्थीतीमा पछिल्ला दश दिनमा चार हजार सदस्य थपीने आकलन समेत गरिएको छ । चुनाब लागेपछि बिभिन्न समुह र खेमामा टिमलाई जिताउन सदस्यतामा तिब्रबृद्धी आउने पक्का छ । अहिले प्रजातान्त्रिक र कम्युनिष्ट आस्था राख्ने दुइ समुहले अस्ट्रेलियामा आआफ्ना आधिकारीक उमेदबारहरुको समुहको घोषणा गोप्य रुपमा गरिसकेका छन । बाहिर नदेखिने तर ओपन सेक्रेट भनेझै सबैले थाहा पाउने यो समुहगत घम्साघम्सीमा डेमोक्रयाटहरुको भने यस पटक फरक खाले शैलीमा उमेदबार देखिएका छन । राज्यस्तरिय भेलाले राज्यको र राष्ट्रीय भेला बोलायर केन्द्रिय उमेदबार छान्ने प्रचलन यहाँं पहिलो पटक देखिएको छ । डमोक्रयाटहरुले यस पटक बहुमतीय प्रणाली अबलम्बन गर्दै मेलवर्नका हालका उपाध्यक्ष केशव कडेंललाई अध्यक्षको उमेदबार बनाएका छन उपाध्यक्षहरुमा एनएसडब्लु संयोजकमा युवा ब्यवशायी डिला खरेल भने महासचिबमा डाक्टर ज्ञानेन्द्र रेग्मीलाई छानेका छन । यस्तै सचिबमा परेस घिमिरे तथा कोषाध्यक्ष सीपीए तथा चर्चित युवा अनिल पोखरेललाई मैदानमा उभ्याएका छन । यस्तै समितीको युवा संयोजकमा भने युवाहरुमाझ लोकप्रीय ब्यक्तीत्व इरशाद अहमद मैदानमा देखिएका छन । यस्तै राज्यहरुको सवालमा राज्य संयोजक तथा उपाध्यक्षमा एडिलेड अर्थात दक्षिण अस्ट्रेलियावाट नविन पन्त र राजधानी क्यानबेरावाट चुडामनी सापकोटा (ज्ञानु) ब्रिसबेनवाट उमेश खड्का, भिक्टोरियावाट प्रेम कडेंलको उमेदबारी पक्का भैसकेको छ । डेमोक्रयाटहरुसँंगै कम्युनिष्ट बिचारधाराको प्यानलपनि लगभग बनिसकेको छ । एमाले र माओबादीको फ्युजन टोलीले निर्धारण गरेको ओपन सेक्रेट टिमको अध्यक्षमा दिनेश कुमार पोखरेल ,महासचिबमा सन्तोष दाहाल र एनएसडब्लु उपाध्यक्षमा देब गुरुङ रहेका छन ।