nc news

गृहमन्त्रीको पत्रको भरमा नागरिकता बितरण हुनु मुलुककै लागी दुर्भाग्य : डा. कोइराला

By Bala Adhikari

April 22, 2019

भक्तपुर, बैशाख ९ । कांग्रेसका नेता डा शेखर कोईरालाले कानुन बनाएर नागरिकता बितरण गर्नुपर्नेमा गृहमन्त्रीको एउटा पत्रको भरमा नागरिकता बितरण हुनु मुलुककै लागी दुर्भाग्य भएको बताएका छन् ।

डा कोईरालाले गृहमन्त्रीको त्यही पत्रलाई सर्वोच्च अदालतले सदर गरेपछी कतै यो बिषयमा सर्वोच्च अदालत र गृहमन्त्रालयको मिलेमतो छ की भन्ने आशंका पैदा गरेको समेत आशङ्का गरेका छन् । डा कोइरालाले नागरिकता बितरण सम्बन्धी कानुन बनाउँन कस्ले रोकेको भन्दै गृहमन्त्रीलाई कसले त्यो अधिकार दियो भनि प्रश्न गरेका छन् ।

सरकार नितीगत भ्रष्टाचारमा लागेको जानकारी गराउँदै डा कोईरालाले वाईडबडी,एनसेल कर प्रकरण,फोर जी लगायत सबै भ्रष्टाचारका बिषयमा अनुसन्धान र छानबिन गरेर जतिसुकै ठुला र शक्तीशाली नेता संलग्न देखिए पनी कानुन बमोजिम कारबाही गरिनुपर्नेमा जोड दिएका छन् ।

नव वर्ष-२०७६ एवं बिस्केट जात्राको अवसरमा नेपाल आदिवासी जनजाती संघ भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले भने -“बिश्वका बिभिन्न देशमा भ्रष्ट्राचारको आरोप लागेका पुर्व राष्टपती र प्रधानमन्त्री जेल गैरहेका छन । यदी दोषी देखिए हाम्रा देशका किन जान नहुने ?”

भक्तपुर कांग्रेसका सभापती दुर्लभ थापा,आदीवासी जनजाती संघका केन्द्रिय अध्यक्ष ईन्द्र ब. गुरुङ्, राज्यमन्त्री दिलमान पाख्रिन,भक्तपुर कांग्रेसका पुर्व सभापतीहरु-लेखनाथ न्यौपाने, तिलक कायस्थ,महेस श्रेष्ठ, गणेश चक्रधर, तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष बिनोद कायस्थ,आदिवासी संघ भक्तपुरका अध्यक्ष नारायण तमाखु लगायतले सो कार्यक्रममा धारणा राखेका थिए ।