भोजपुर, वैशाख १५ । जिल्ला प्रशासन कार्यालय भोजपुरमा गृहमन्त्री रामबहादुर थापाले भवनको आज उद्घाटन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १८ कोठा रहेको सो भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको जानकारी दिएका छन् । उक्त भवन सरकारको लागतमा निर्माण भएको हो ।
पुरानो कार्यालय रहेको भवनमा विसं २०६० फागुन १९ गते आगजनी गरिएपछि सोही स्थानमा नयाँ कार्यालय भवनको निर्माण गरिएको हो । मन्त्री थापाले भवनसँगै जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको पनि उद्घाटन गरेका हुन् ।
आपतकालीन केन्द्र सञ्चालनका लागि सात स्थानीय तहले रु एक÷एक लाख बराबरको भौतिक सामग्री सहयोग गर्ने र भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको व्यारेक परिसरमा नाइटभिजन सुविधासहितको हेलिप्याड निर्माण भइरहेको कार्यक्रममार्फत जानकारी दिइएको छ ।