मानिसले आफु कसरी स्वस्थ रहने भन्ने कुराको हरदम चिन्ता भइ नै रहन्छ । स्वस्थ रहनका लागि मानिसलाई खाने कुराले पनि निकै प्रभाव पार्ने गर्दछ । अनार खानाले अनेकौ समस्याको समाधान हुने गर्दछ । यसको सेवनले मानिसको स्वास्थ्यमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ । मानिस बिरामी पर्दा देखि लिएर अनेकौ समस्या हुँदा यसको सेवनलाई नै बढी ध्यान दिने गर्दछन् । यसको प्रयोगले मानिसलाई एक होइन अनेक फाइदा प्राप्ने हुने गर्दछ । ती फाइदाहरु निम्न रहेका छन् ।
धमनीको रक्षा गर्छ : अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउने काम गर्दछ।पखला निको पार्न सहयोग गर्छ : ताजा अनार खानाले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिने काम गर्दछ । किड्नी जोगाउन सहयोग गर्छ : अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ । गर्भवती महिलालाई फाइदा : अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ । कोलेस्टोल घटाउन सहयोग गर्छ : अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ । क्यान्सर बिरोधी : अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ । उच्च रक्तचाप नियन्त्रण गर्न सहयोगी : अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउन सहयोग पु¥याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ । रक्त अल्पताबाट जोगाउँछ : अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ । शरिरलाई शान्त बनाउन मद्दत गर्छ : अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउन मद्दत पु¥याउँछ । कलेजोको रक्षा : अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ । पेटलाई शान्त पार्छ : अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ । छालालाई पनि फाईदा : च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ । कपालको रक्षा : नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ । नोट : मानिसले आफु स्वस्थ रहनका लागि अनार खानुको साथै नियमित रुपमा शारीरिक व्यायाम गर्नु पनि आवश्यक हुन्छ ।
साभार– स्वास्थ्य खबर