काठमाडौँ, वैशाख १७ । सरकारका नराम्रा कामलाई खवरदारी गर्दै महँगी र भ्रष्टाचारविरुद्ध लगाएतका विषयका केन्द्रित रहेर ११ विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । प्रमुख प्रतिपक्ष दल काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको प्रदर्शन र सभामा उनीहरुले वर्तमान सरकारले भ्रष्टाचारलाई बढवा दिएको तथा महँगी नियन्त्रणमा चासो नदेखाएको भन्दै सरकारको चर्को आलोचना गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेपनि व्यवहार ठिक विपरित भइरहेको बताएका छन् । विद्यार्थीहरुको जुलुस माइतीघरबाट र्यालीसहित बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेविसंघका नेता ऋषिकेश शाहले सरकारका हरेक गतिविधिीले जनता निराश भएको बताएका छन् । उनले ९ बुँदे माग सहित सडकमा आएको विद्यार्थी संगठन सदन सम्म पुग्न नपरोस भनि सरकारलाई खवरदारी समेत गरेका छन् ।
शाहले सरकारले महंगी, भ्रष्टाचारलाई नियमन र नियन्त्रण गर्नुको साटो बढवा दिएको आरोप लगाएका छन् । सरकारका गतिविधीले जनतामा निरासा पैदा भएको भन्दै उनले भने, सरकार समय छ सच्चिए हुन्छ नत्र हामी चुप लागेर वस्ने वाला छौनौँ । सो कार्यक्रममा नेविसंघका नेता मोतिलाल भण्डारी लगायतले महंगी र भ्रष्टाचार नियन्त्रण नगरे वर्तमान सरकारको हालत ज्ञानेन्द्र शाहकै जस्तो हुने चेतावनी दिएका थिए । ११ विद्यार्थी संगठनले गरेको प्रदर्शनमा ९ बुँदे माग अघि सारिएको थियो ।
उनीहरुको माग पत्रमा उल्लेखित नौ बुँदै मागहरु
१. शिक्षा क्षेत्रमा भएको शूल्क वृद्धि, माफियाका कारण र व्यापारीकरणको भण्डाफोर गर्न । २. महिला हत्या, हिंसा र बलात्कारको विरोध सहित निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दवाब दिन । ३. एनसेल, वाइडबडी, फोरजी काण्ड, सुन कान्ड लगाएतका अरबौं रकमको सस्थागत भ्रष्टाचारको भण्डाफोर गर्न । ४. बालुवाटार लगाएतका सरकारी जग्गामा किर्ते गरी कब्जा गर्ने भुमाफियाहरुलाई कार्वाहि गराउन । ५. कालापानी लिपुलेक लिम्पियाधुरा लगाएत अतिक्रमित ३७२ वर्ग किलोमिटर भुभाग नेपाली नक्सामा समावेशको लागि पहल गर्न । ६. विखण्डनकारी सिके राउतसँग गरिएको अपारदर्शी सम्झौताको भण्डाफोर गर्न । ७. प्रलोभनमा पारी भाष, धर्म र संस्कृति माथि गरिएको योजनाबद्ध अतिक्रमणको विरोध गर्न । ८. नेपाललाई फिजीकरण गर्ने नक्कली नागरिकता छानबीन गरी खारेज गर्न । ९. नेकपा विप्लप समुहमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न ।