आर्थिक

चम्पादेबी आठमा ढाका बुनाइ कार्यक्रमको उद्घाटन

By Bala Adhikari

May 12, 2019

ओखलढुंगा, बैशाख २९ । एकीकृत समाज बिकाश नेपालको आयोजनामा गरीबी निवारणका लागि लघुउधम बिकाश कार्यक्रम उद्घाटन भएको छ । सो कार्यक्रम चम्पादेबी गाउँपालिका प्रमुख नबराज के सी को प्रमुख आथित्यता र वडा नं. आठ बिलन्दुका वडाध्यक्ष अजय लुइटेलको अध्यक्षतामा उद्घाटन भएको हो ।

लामो समयसम्म खेतीपातीद्वारा जिवीकोपार्जन गर्दै आएका, अधिकांश समय खेतबारी मा नै बिताउने केही महिलाहरु यतिवेला ढाकाबाट निर्माण हुने रुमाल, पछौरालगायत विभिन्न सामग्री बनाउने तालीम दिइदै छ । महिलालाई स्वरोजगार बनाउनका लागि ढाका उद्योग सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

ढाका बुनाइ तालिममा वडा का २३ जना महिलाहरु सहभागी भएर सक्रीय रूपमा तालीम लिदैछन । गाउँपालिका अध्यक्ष नबराज के सीले आजभोलि मानिसहरू आधुनिकताभन्दा स्थानीय उत्पादनका वस्तुमा बढी आकर्षित हँुदै गरेको अबस्थामा यस्ता प्रकारका सीप सिकेर आफैँ उद्योग सञ्चालन गरि ढाका बुनाइबाट आयआर्जन गर्दै स्वरोजगार बनि मनग्ये आम्दानी गर्न सकिने बताएका छन् ।

उनले हालसम्म चम्पादेबीमा ढाका कपडा बनाउने उद्योग नभएको अबस्थामा सिपमुलक तालिम लिएका ब्यक्तिहरुले आँफै उधोग खोलि उक्त स्थानमा उत्पादित बस्तु स्देश तथा बिदेशमा समेत बेच्नसकिने जानकारी गराएका छन् । अध्यक्ष के सीले यस्तो किसिमको तालिममा बिशेष गरि महिलालाई मात्र लक्षित नगरी पुरुषलाइ पनि सहभागि गराउनुपर्नेमा जोड़ दिएका छन् ।

सोहि कार्यक्रममा बोल्दै चम्पादेबी वडा नं. आठका वडा अध्यक्ष अजय लुइटेलले आफु वडाध्यक्ष भएपछि महिलाहरुको क्षमता अभिबृदी गर्ने उदेश्यले आफुले वडामा कम्प्यूटर तालिम देखि लिएर सिलाई कटिडं जस्ता सिपमुलक कार्यक्रमहरु गर्दै आएको जथानकारी गराएका छन् । उनले उक्त कार्यक्रममा पनि आफ्नो वडाबाट तीन लाख रकम सहयोग उपलब्ध गराएको जानकारी गराए ।

उनका अनुसार अहिले जिल्लामा ढाकाको एउटा रुमालको सयभन्दा बढी रुपैयाँ पर्ने गर्दछ । ढाकाका अन्य जुनसुकै कपडा बुने पनि सजिलै बिक्री गर्न सकिने उनको भनाई छ ।

उक्त कार्यक्रममा बोल्दै चम्पादेबी गाउँपालिका वाडनं आठका नेपाली कांग्रेसका पार्टी सभापति नरेन्द्र प्रसाद घिमिरेले तालिममा सहभागि सबैलाइ सीप सिकेर आफ्नो दैनिकीमा परिबर्तन ल्याउन सकोस भनि शुभकामना दिएका छन् । उनले बिहान, बेलुका फुर्सदको समयमा घरमै ढाका बुनाइबाट राम्रो आम्दानी गर्न सकिने समेत प्रष्ट पारेका छन् ।

तालिम जेठदेखि श्रावण महिना को दोस्रो सातासम्म सञ्चालन हुने जनाइएको छ । एकीकृत समाज बिकाशको आयोजना र घरेलु तथा साना विकास समितिको सहयोगमा संचालित उक्त कार्यक्रम मा २३ महिला सहभागि छन भने पुरुष को उपस्थिति निल रहेको छ ।