कभर स्टोरी

शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक अवधारण अघि सार्नुपर्ने

By Bala Adhikari

May 13, 2019

काठमाडौँ, बैशाख ३० । सरोकारवाला निकायका पदाधिकारीले काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने विचार व्यक्त गरेकम छन् ।

शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत उनीहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने जानकारी दिएका छन् ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रममा प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

नगर प्रमुखले विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आएका आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो ।

ठूला सवारी साधन प्रयोगमा कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।