राजेन्द्र प्रसाद पाठक नेपालको ईतिहाँसमा उन्नाईस बर्ष सम्म स्थानिय निकाय रिक्त्त रहेको अनुभव प्रजातन्त्र भित्रै गरियो । ईतिहासका काल खण्डमा हाम्रो देशमा शासन संयन्त्रको फेर बदल हुनु भनेको अति सामान्य रुपमा लिईन्छ । रातको १२ बजे तिर सत्ता परिवर्तन भएको घोषणा देखी देशै परिवर्तन भएको घोषणा सम्म भएको देशमा यो अनौठो कुरा रहेन ।
नेपालका ठूला भन्दा ठूला राजनैतिक घट्ना क्रमलाई मध्यनजर गर्दा भक्तपुरे मल्ल राजाले आफ्ना तिन भाई छोराहरुलाई राज्य भाग लगाएर दिनु अगाडी काठमण्डौं उपत्यका एउटै देश थियो । जनतामा वितृष्णा फैलेला भन्ने कुराले उनलाई सताएको थियो । त्यसैले यस्तो राज्य विभाजनको कार्य रातको समयमा नै गर्ने र कुन भाईलाई कुन राज्य दिएको हो सो को घोषणा समेत रातको समयमा नै गर्नु उचित सम्झीएर यसो गरिएको थियो । नेपाल देशका एक मात्र चक्रवर्ती सम्राट श्री ५ पृथ्वी नारायण शाहाले समेत काठमाण्डौ उपत्यका कब्जा गर्ने अवसर ईन्द्र जात्राको दिन पारेर रातको समयमा नै सम्पन्न भएको थियो । भाली पल्ट मात्र जनताले थाहा पाए देश त परिवर्तन भै सकेको रहेछ । अब सत्ता परिवर्तका कुरा गरौं । श्री ३ महाराज जंङ्ग बहादुर राणाले समेत आफूलाई श्री ३ घोषणा गराउने समय र अवसर रातमा नै रोजेका थिए । नेपालमा राणा शासन शुरु हुने एैतिहाँसिक कोत पर्व रातको १२बजे नै रचना गरिएको थियो ।
राणा शासनका संस्थापकले भाईहरुमा रोलक्रम राखेकै कारण श्री ३ रणोद्दीप सिंहले सत्ता सम्हाल्ने अवसर पाए । जंङ्ग बहदुुरका कान्छा भाई धिर संशेरका १७ भाई छोराहरु थिए । राणाहरुमा उनी आर्थिक र सामाजिक रुपमै अरु भन्दा विपन्न नै थिए । हालको लाल दर्वार र त्यति बेलाको रातो माटाले लिपेको रातो घर उनिहरुको वासस्थान थियो भन्ने कुरा ईतिहासमा उल्लेखित छ । अरुहरु सुखले मात्तिएका र उनिहस्मा सो प्राप्त नभएका कारण उनिहरुमा बल, बुद्धि र एकता सबै नै थियो । महाराजको हत्या गर्ने र त्यस पाश्चात सत्ता हत्याउने चाँजो पाँजो शुरु भयो । त्यस योजनाको सफलता पनि रातको समयमा नै सम्पन्न भएको थियो । अघिल्ला दिन महाराज रणोद्दीप थिए भोली पल्ट उज्यालो हँदा श्री ३ महाराज बीर संशेर भै सकेका थिए ।
ईतिहासमा यसरी नै सत्ताको फेर बदल भै नै रहेको छ । यसरी नै ब्यबस्था परिवर्तनका कुरा गरौं , २०४६ साल यताको प्रसंङ्गमा जाने हो भने प्रजातन्त्रको पुर्नस्थापनाको घोषणा समेत मध्यरात्रीमा नै भएको थियो । २०६२, ०६३ को आन्दोलनले स्थापित गरेको लोकतन्त्रको घोषणा समेत रात कै बेला भएको थियो । अब शिर्षकले माग गरेको प्रसंङ्गतिर फर्कदा पछिल्लो संंबिधानसभा चुनावको परिणाम प्रचण्डको पक्षमा सहज हुन नसक्दा परिणाम सहज बनाउनका खातिर रातको समयको नै साहारा लिईएको थियो । हाल ठूलो स्तब्धता पछिको स्थानिय निर्वाचनमा प्रचण्ड पुत्रीको हार हुने सुनिस्चित भैसके पछि अदालत , आयोग , हुँदै बिभिन्न प्रपञ्च हुँदै पुनः मतदान गराउने सम्मको अवस्था श्रृजना गराएर सो परिणमको घोषणा समेत गर्न रातको समयलाई नै उपयोग गरेको पाईन्छ ।
अदालतको निर्णय संसारमै सर्व स्विकार्य हुन्छ र हुनु पनि पर्दछ । त्यस्तो मान्यतालाई हामी सबैले स्विकार गरेकै छौं । तर जनताले दिएको भोट कुन हद सम्म उपयोग गर्ने या नगर्ने भन्न्ो जस्ता घोषणा स्वयं त्यही स्थानका जनताले नै गर्न पाउनु पर्दथ्यो । यसको मतलव सोही स्थानका जनताले एक प्रकारको स्थानिय स्तरको जनमत संग्रह भएर च्यातिएको मतपत्रलाई कुन हदको मान्यता दिने भन्ने खालको बैधानिक अबस्था निर्वाचन आयोगले तय गर्न सकेको भए सायदै परिणाम हालको जस्तो आउने थिएन होला । यस निर्वाचनको घोषणा समेत रातकै समयमा हुनुले यसले समेत सहजताको संकेत नगरेको हुन सक्दछ । यसरी जनमत फरक हुन सक्ने अनुमान गरेर शासकहरुले आफू अनुकुल तुल्याउन गरेका निर्णयहरु कालान्तरमा फेरबदल भएको दृष्टान्त सहितको चर्चाले जुनसुकै प्रकारको परिणाम होस् सोको घोषणा ज्यूँदो जाग्दो समयमा , प्रत्यक्ष जनताकै सामु गर्ने परम्पराको शुरुवातले यस्ता परिणामका साक्षी स्वयं जनता नै हुने र त्यस्ता कार्यमा प्रत्यक्ष जनताकै सहभागीताको महसुस गर्न सकिने जन गुनासो यत्रतत्र सुन्नमा आएको छ । जनताको प्रतिनीधी बन्नुको सार्थकता पनि यसमा नै निहीत रहला । अस्तु ।