काठमाडौं, जेष्ठ १३ । आज उपत्यकामा नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण आंशिक असर पारेको छ । प्रहरी प्रधान कार्यालयले आइतबार काठमाडौँमा भएको बम विष्फोटनका कारणले उत्पन्न भएको त्रास उपत्यकामा साविक झँै सार्वजनिक गाडी नचलेका हुन् । निजी गाडी भने सञ्चालनमा छ ।
उपत्यका बाहिर भने केही बढी असर परेको प्रहरीले जानकारी गराएको छ । विभिन्न जिल्लामा बसमा आगजनी गराइएको र यस क्रममा विभिन्न क्षेत्रबाट पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् । प्रहरीले यसअघि आइतबार साँझसात जनालाई नियन्त्रणमा लिएको थियो ।
विभिन्न जिल्लामा नक्कली बम राखेर त्रास फैलाउने काम भएको प्रवक्ता पोखरेलले बताएका छन् । रामेछाप, हेटौँडा, सुर्खेत, नवलपुरलगायत क्षेत्रमा केही गाडीमा आगजनी भएको प्रहरीले स्पष्ट पारेको छ ।
बन्दमा उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको एवं राजमार्गमा सवारी साधनलाई ‘स्कटिङ’को व्यवस्था गरिएको प्रहरीले जानकारी गराएको छ ।
काठमाडौँस्थित महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बन्दका कारण उपत्यका भित्रिने र बाहिरिने गाडीसमेत सञ्चालन नभएको जानकारी दिए । उपत्यकाका तीनै जिल्लामा बन्दको आंशिक असर परेको उनको भनाइ छ ।