खेलकुद

राजु घिसिङ सिड्नीमा सम्मानित

By Bala Adhikari

May 29, 2019

अन्तर्राष्ट्रीय रयाफ्टीङ प्रतियोगितामा समाचार संकलनका लागि अस्ट्रेलिया आइपुगेका कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङलाई सिड्नीमा एक कार्यक्रम बिच नेप्लीज अस्ट्रेलियन जर्नलिस्ट एशोसिएसन(एन्जा) र अस्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसनल (एन्फा) संयुक्त रुपमा सम्मान गरेका छन । करिब एक दशक देखि नेपाली खेलकुद क्षेत्रमा कलम चलाउँदै आएका घिसिङलाई एन्फाका अध्यक्ष विजेन बटाजु र एन्जाका संयोजक हेमन्त काफ्लेले संयुक्त रुपमा खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा एनआरएन आईसीसीका खेलकुद संयोजक राजु मानन्धरले नेपाली फुटबलमा बिशेषगरी दखल राख्ने घिसिङलाई सम्मान गर्न पाउनु खुसीको बिषय भएको बताए । यस्तै एन्फाका अध्यक्ष विजेन बटाजुले अस्ट्रेलियामा बसेर फुटबलको माध्यमवाट भाइचारा अभिबृद्धी गर्नुका साथै मुलुकको खेलक्षेत्रसँंग जोडिने प्रयासमा लागेको बताए । वटाजुले खेलुकदको माध्यमवाट दुइ देश बिचको आपसी सम्वन्ध बिस्तार गर्ने र नेपाली खेलक्षेत्रमा सहयोग पुरयाउने आफ्नो उद्देस्य रहेको बताए । कार्यक्रममा अनलाइन खबरका अस्ट्रेलिया सम्पादक मनऋषी धितालले सीड्नीमा घिसिङलाई स्वागत गर्दै नेपाल र अस्ट्रेलियाबिच पत्रकारीताको साइनो जोड्ने प्रयासको संस्थागत थालनी भएकोमा खुसी प्रकट गरे । कार्यक्रममा एन्फाका महासचिब विजय क्षेत्री, नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादन माधव गैरै, सम्पादक कृष्ण तिवारी, प्रशिक्षक बिकास गौचन ,क्लाप बोर्डका राजन घिमिरे लगायतले राजुलाई सम्मान प्रकट गरेका थिए । सम्मानित खेल पत्रकार राजुले प्रवासमा पनि नेपाली संचारकर्मीलाई संझेर फुटबलको माध्यमवाट सम्मानित हुन पाउँंदा खुसी लागेको बताए ।