काठमाडौं, जेठ २३ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते हुन लागेको निर्वाचनका अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ ।
परिषद्को निर्वाचनमा अध्यक्ष पदका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले बताएका छन् ।
यस्तै तीन उपाध्यक्ष पदका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ, पाल्साङ गुरुङ, रत्नप्रसाद दुलाल, गोविन्दप्रसाद पन्थ र सुनिता श्रेष्ठको उम्मेद्वारी परेको बताइएको छ ।
महासचिव पदका लागि धु्रव अधिकारी, सहदेव धमला र नारायण खनालको उम्मेद्वारी दर्ता भएको जनाइएको छ । सचिव पदका लागि दवाङ तामाङ, बद्रीप्रसाद तिमल्सिना र रामचन्द्र गिरी तथा कोषाध्यक्ष पदका लागि रामकुमार थपलिया, पुण्यराम लागेजु र रामशरण ढकालको उम्मेद्वारी परेको छ ।
सदस्य आठ पदका लागि भने १८ को उम्मेद्वारी परेको पूर्वअध्यक्ष थपलियाले जानकारी गराए । शनिबार हुने निर्वाचनमा ८१२ ले मताधिकार प्रयोग गर्ने परिषद्ले जनाएको छ ।