आर्थिक

एकतीसौँ जलयात्रा महोत्सव शनिबार हुने

By Bala Adhikari

June 07, 2019

काठमाडौं, जेठ २४ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव शनिबार हुने भएको छ । नाराले हरेक वर्षझैँ यस वर्ष पनि धादिङको बैरेनीदेखि मलेखुसम्म त्रिशूली नदीमा जेठ २५ गते महोत्सव आयोजना गर्न लागिएको जानकारी गराइएको छ ।

नाराका महासचिव शिव अधिकारीले नेपालको आन्तरिक र बाह्य पर्यटनको विकास, विस्तार संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका छन् । उनले भने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जलयात्रा महोत्सवले सहयोग पुग्नेछ ।

नेपालका १६ वटा नदीमा जलयात्रा गर्न मिल्ने नाराले बताइएको छ । नाराका कोषाध्यक्ष शिशिर खनालले जलयात्रामा ३०० देखि ४०० आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने पैस्ट्याएका थिए । उक्त महोत्सव सम्पन्न गर्न आठ लाखभन्दा बढी रकम खर्च हुने कोषाध्यक्ष खनालले जानकारी गराए ।

जसमा टिकट रु एक हजार ९९९, नेपाल पर्यटन बोर्डको सहयोग, विभिन्न कम्पनीको विज्ञापनबापतको रकम र बाँकी नाराले व्यहोर्ने गरी उक्त महोत्सव आयोजना गर्न लागिएको खनालको भनाइ छ । हाल नेपालमा ¥याफ्टिङ व्यवसायमा १०० हाराहारीमा कम्पनी आबद्ध रहेका छन् ।