कभर स्टोरी

राहतको प्रबन्ध मिलाउन काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

By Bala Adhikari

August 13, 2017

काठमाडौँ, साउन २९ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मुलुकभरमा केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पारेको क्षतिबारे छलफल गर्नका लागि आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशका अधिकांश स्थानमा आएको बाढी र पहिराका कारण जनधनको क्षति भएकाले पीडितको उद्धार र आवश्यक राहतको प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल गरिने जानकारी दिए ।