कभर स्टोरी

सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने ः प्रधानमन्त्री

By Bala Adhikari

June 10, 2019

काठमाडौं, जेष्ठ २७ । देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ गरेको स्वागत समारोहमा संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको स्पष्ट पारेका छन् ।

उनले जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक रकेको समेत बताए ।” प्रधानमन्त्रीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आपूm जानकार रहेको प्रष्ट्याएका छन् ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुयाँलले जानकारी दिएका छन् । त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया प्रधानमन्त्री ओलीले गरृका छन् ।

गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको स्पष्ट पारेका छन्