कभर स्टोरी

गौतमबुद्धको मूर्ति पूर्वी नाकामा बन्ने

By Bala Adhikari

June 10, 2019

काँकडभिट्टा, जेष्ठ २७ । गौतम बुद्धको मूर्ति स्थापना नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गरिने भएको छ । मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो ।

नगर उपप्रमुख मीना उप्रेतीले मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा उक्त मूर्ति स्थापनाका लागि तयारी गरिएको बताएकी छन् ।

उनले पूर्वी नाकाबाट दैनिक सयौं पर्यटक नेपाल भित्रिने भएकाले भगवान् बुद्वको मूर्ति स्थापना गर्न लागिएको उताएकी हुन्