कभर स्टोरी

व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि कमल तामाङको पल्लाभरी

By Bala Adhikari

June 24, 2019

काठमाडौं, असार ९ । ओखलढुंगा जिल्ला सुनकोशि गाँउपालिकाको मुलखर्कमा एउटा मध्यम वर्गीय परिवारमा हुर्किएका कमल तामाङ लामोसमय देखि बैदेशिक रोजगार व्यबसायमा संलग्न छन । सबैभन्दा बढी बिबादमा तानिने र उजुरी बढी पर्ने व्याबसाय बैदेशिक रोजगार व्यावसाय भएतापनि उनि संलग्न म्यानपावर र उनको क्षवि माथि कुनै दिन प्रश्न उठेन, उनी कहिल्यै बिबादमा तानिएका छैनन् । उनका नाममा अहिले सम्म एउटा उजुरी पनि परेको छैन ।

उनले बैदेशिक रोजगार खोलेर ब्याबसाय गरेर धन आर्जन मात्र नगरेर न्युन आर्थिकआय हुने कयौ गाँउले व्यक्तिहरुलाई आफ्नै खर्चमा पनि बिदेशपठाएर समाजसेवा गरेका छन् । बैदेशिक रोजगार व्याबसायमा मात्र नभएर राजनीतिमा पनि तामाङ रुत्यतिकै सक्रिय र अब्बल छन, नेपाली कांग्रेसको बार्हौ र तेरौ महाधिवेशनमा ओखलढुंगा जिल्लाबाट सबैभन्दा बढी मत ल्याएर महासमिति सदस्यमा बिजयी भइसकेका तामाङले राजनीतिलाई समाजसेवाको रुपमा लिदै अघि बढेका छन् ।

आफ्नो गाउँठाउका आम नागरीकलाई पर्ने तमाम समस्याको उचित सामधानका लागि उनका पाइला कुनै दिन डग्मगाउँदैनन् । बैदेशिक रोजगार व्याबसायको महासचिब र लोकतान्त्रिक बैदेशिक रोजगार व्याबसाय संघको सल्लाहाकार समेत भइसकेका तामाङले महासचिब हुँदा बैदेशिक रोजगार क्षेत्रमा सुधारात्मक र नयाँ कार्य गरेर कुशल नेतृत्व गरिसकेका छन् । बैदेशिक क्षेत्रको लामो अनुभब भएका कारण यस क्षेत्रमा आइपर्ने हरेक समस्यालाई सहज रुपमा सामधान गर्ने क्षमता उनीमा छ ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी आषाढ २७ गते हुन गइरहेको निर्वाचनमा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले अध्यक्ष पदको लागि कमल तामाङलाई उम्मेद्वार बनाउने निर्णय समेत भइ सकेको छ । केहीदिन अघि बसेको फोरमको बहुमत कार्यसमिति बैठकको निर्णय अनुरुप व्यवसायी कमल तामाङलाई अध्यक्षमा उठाउने निर्णय गरिएको हो ।

अरु बाँकि पदाधिकारीहरुको चयन भने केहीदिन भित्रै टुंगोलगाएर अगाडी बढ्ने कुराको जानकारी फोरमका एक पदाधिकारीले दिएका छन् । फोरमको बैठकको निर्णय बमोजिम आफुलाई संघको अध्यक्ष पदमा उम्मेद्वारी दिन आधिकारिक पत्र प्राप्त भएको कुरा तामाङले बताएका छन् । यस अघि गत जेठ ३० गते फोरमले आगामी निर्वाचनका लागि उम्मेद्वारी दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको थियो ।

सो अनुरुप अध्यक्ष पदका लागि कमल तामाङ, भुवन गुरुङ, विष्णु गैरे लगायतको चर्चा हुँदै आएको थियो । अध्यक्ष पदका लागि चर्चामा रहेका व्यक्तीहरु मध्ये तामाङको पल्लाभारी रहेको कुरा ब्याबसायी हरु बताउछन् । व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ ।