कभर स्टोरी

उपसभापतिमा काङ्ग्रेस काठमाडौँका विजय माली मनोनीत

By Bala Adhikari

June 26, 2019

काठमाडौँ, असार ११ । उपसभापतिमा नेपाली काङ्ग्रेस काठमाडौँका विजय माली मनोनीत भएका छन् । आज बिहान बसेको बैठकले काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँको अध्यक्षतामा मालीलाई उपसभापतिमा मनोनयन गरेको हो ।

काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले कार्यसमितिका सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ रहेका बताएका छन् । यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि काठमाडौँ काङ्ग्रेसले पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो ।

काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिले सो पदमा मनोनयन भएसँगै पूर्णता पाएको छ । आजै काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन् ।