सविता बस्नेत २०७६
भो म सँग नडराउ प्रिय तिम्रो त्यो शान्त तलाउमा म ढुङ्गा हान्ने छैन तिम्रो त्यो मुटुमा आफ्नो नामको ढुकढुकी खोज्ने छैन माया रहरले हुन्छ करले हुन्न तिमी चाहदैनौ भने तिम्रो मनमा आफ्नो बस्ती बसाल्ने छैन एक चोटि त भनी हेर मेरो माया छैन भनी तिम्रा लागि मेरा परेली भिजाउने छैन तिमी हिड्ने बाटो सम्म पनि म हिड्ने छैन कसम, म तिम्रा यादहरुमा समेत म आउने छैन