कभर स्टोरी

‘साइकल सिटी’ का रुपमा वीरेन्द्रनगरलाई चिनाइने

By Bala Adhikari

July 25, 2019

काठमाडौं, साउन ९ । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरलाई वातावरणमैत्री बनाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याउन साइकललाई प्रोत्साहित गरिएको छ । सरकारको नीति, बजेट तथा कार्यक्रममा वीरेन्द्रनगरलाई ‘साइकल सिटी’ का रुपमा विकास गराउने तथा चिनाउने उद्देश्यका साथ साइकललाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

१० थान साइकल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरीद गरेको हो । सरकारले गत वर्ष पाँच वटा र यस वर्षको १० वटा गरी १५ थान साइकल प्रारम्भिक चरणमा भोलिदेखि सञ्चालनमा ल्याइने बताएको छ ।

कर्णाली सरकारका प्रवक्ता केशवप्रसाद उपाध्यायले चालू आवको बजेट तथा कार्यक्रमअनुसार ट्वीटर तीन हजार ७०० मोडेलका १० थान साइकल खरीद गरिएको जानकारी दिए उनले आज मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीलाई ती साइकलहरु वितरण गर्नेछन् ।

कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रतिथान रु ४० हजारका दरले ती साइकल खरीद गरिएको बताएका छन् ।