कभर स्टोरी

उपमेयर सत्यालद्धारा ललितपुर महानगरमा स्तनपान कक्षको उद्धघाटन

By Bala Adhikari

August 02, 2019

ललितपुर, साउन १७ । ललितपुर महानगरपालिकाको समाजकल्याण महाशाखामा स्तनपान कक्षको उद्घाटन भएको छ । शुक्रबार छाबहालस्थित महानगरको समाजकल्याण महाशाखाको कार्यालयमा उपमेयर गीता सत्यालले स्तनपान कक्षको उद्घाटन गरेकी हुन् ।

‘आमाबाबुको सक्षमता स्तनपानको सफलता’ भन्ने नाराका साथ यही अगष्ठ १ देखि ७ सम्म साताव्यापी कार्यक्रम भइरहेको छ । यही अवसर पारेका ललितपुर महानगरले स्नतपान कक्षको सुरुवात गरेको हो । उपमेयर गीता सत्यालले भनिन्, ‘यस कार्यालयमा कार्यरत महिला कर्मचारीहरु र सेवाग्राहीहरुको मातृशिशुको स्वास्थ्यलाई ध्यानका राखेर हामीले स्तनपान कक्षको सुरुवात गरेका हौ ।

विस्तारै महानगरभित्रका अन्य कार्यालयहरुमा समेत यो अभियानलाई लैजाने छौं ।’ कर्मचारीहरु र सेवाग्राहीहरुको समस्यालाई ध्यानमा राखेर उनीहरुका सन्तानलाई स्तनपान गराउन सहज होस भन्ने उद्देश्यका साथ स्तनपान कक्षको सञ्चालन गरिएको महानगरको जनस्वास्थ्य अधिकृत सरिता महर्जनले वताइन् ।

जनस्वास्थ्य अधिकृत महर्जनका अनुसार यो कार्यलाई निरन्तरता दिंदै महानगरभित्रका ११ वटा वडा दैनिक क्लिनिक, १० वटा नगर स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी र उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्रमा समेत व्यवस्था गरिनेछ ।