कभर स्टोरी

मिर्गौला निरोगी राख्न कस्तो खाना खाने ?

By Bala Adhikari

August 11, 2019

संगिता लामिछाने पोषण विज्ञ

मानव शरीर पनि एक यन्त्र जस्तै हो तर साधारण होइन जटिल यन्त्र । अरु यन्त्र केही समय काम गरे पछि रोकिन्छ तर मानव शरीर रुपीयन्त्र जन्म देखि मृत्यु पर्यन्त अविराम गतिले चलिरहेका हुन्छन् । यसका कतिपय पाटपुर्जाहरु फोक्सो, कलेजो,मुटु, मिर्गौला आदि रोक्न खोजे पनि रोकिंदैनन् । यी अंग वा पार्टपुर्जा रोकिनुको अर्थ मानव जीवन समाप्त हुनु हो । यसरी दिन रात अविराम रुपमायी अंगहलाई सुचारु राख्न यिनीहरुको उचित मर्मत सम्भार गर्न र रोग व्याधिदेखि जोगाउनमा मानिसले खानपिन गर्ने भोजनले नै मुख्य भूमिका निर्वाह गरेको हुन्छ । प्रत्येक मानिसको शरीर भित्र मेरुदण्डको दुवैतिर एक एकवटा गरी एक जोडी मिर्गौला हुन्छन् । मिर्गौलाको आकार सिमीको गेडाजस्तो हुन्छ । मिर्गौलालाई स्वस्थ्य राख्नको लागि सन्तुलित भोजन पहिलो आवश्यकता हो ।

मिर्गौलाको मुख्य काम रगतलाई छान्नु हो । यसका साथै मिर्गौलाले निम्न कार्यहरु गर्दछ ।

१ मिर्गौलाले नाइट्रोजनयुक्त हानिकारक रासायनिक पदार्थहरु पिसाबको रुपमा शरीर बाहिर फ्याक्छ । २ शरीरलाई बढि भएका लवणहरुलाई पनि बाहिर फाल्छ । ३ शरीरमा बढि भएको पानीको मात्रा उत्सर्जन गरी सन्तुलित राख्दछ । ४ रगतको प्लाज्मामा पाइने लवणहरु र तत्वहरुको मात्रा नियन्त्रण गर्छ । ५ मिर्गौलाले औषधीहरु र किटाणुहरुबाट उत्पन्न भएका विषालु चीजहरुलाई शरीर बाहिर उत्सर्जन गर्छ । ६ यसले रगतमा अम्लियपनको मात्रा नियन्त्रित गर्छ । ७ यसले भिटामिन डी सक्रिय अवस्थामा पु¥याउन र पिसाव पैदा गरी शरीरभित्र सन्तुलन कायम गर्ने काम गर्छ । ८ यसले बढी भएका अनावश्यक तत्वहरुलाई हटाउने र आवश्यक तत्वहरुको संरक्षण गर्ने कार्य गर्दछ । ९ यसले रेनिन नामक इन्जाइम उत्पादन गरेर रक्तचाप नियन्त्रण गर्दछ । १० मिर्गौलाले इराथ्रोपोइटिन नामको हर्मोन उत्पादन गर्दछ जसले राता रक्तकोषहरु बनाउँछ ।

हेर्दा सानो एक मुट्ठि आकारमा भएता पनि सम्पूर्ण शरिर यसले संचालन गरको हुन्छ । यसकारण हामीले स्वास्थ्य नै धनू हो भन्ने भनाईलाई साकार पार्न मिर्गौलालाई स्वास्थ्य राख्न पर्दछ । मिर्गौला मानिसको शरिरको लागि ज्यादै महत्वपूर्ण अंग हो ।

के हो सन्तुलितभोजन ?

सन्तुलित भोजन भन्नाले क्यालोरी, खनिज तत्वहरु, भिटामिन तथा अन्यपौष्टिक तत्वहरु शरीरलाई पुग्दो किसिमले (धेरै पनि होइन, नपुग पनि होइन) उपलब्ध हुने गरी विभिन्न खाद्य पदार्थको परिणाम हो । मानिसको उमेर, लिङ्ग शारीरिक,मानसिक परिश्रम, विशेष शारीरिक अवस्था(गर्भवती र सुत्केरी) अनुसार पौष्टिक तत्वहरुको किसिम र मात्रा उपलव्ध हुने गरी विभिन्न खाद्य पदार्थहरुको परिणाम र मात्रा मिलाएर खाइने भोजन नै सन्तुलित भोजन हो ।

हामीले खाएको खानाले तागत दिन्छ । तागतलाई क्यालोरी पनि भनिन्छ । एक ग्राम कार्वोहाइड्रेटले ४ किलो क्यालोरी दिन्छ । हामीले खाने अन्नहरु चमल,गहुँ, मकै, कोदो फापर,जौ र जरे तरकारीहरु आलु, पिंडालु, सखरखण्ड आदि कार्वोहाइड्रेटका प्रमुख स्र्रोतहरु हुन । यसैगरी १ ग्राम प्रोटिनले पनि ४ किलो क्यालोरी नै दिन्छ । शरीरको स्याहार सम्भार र मर्मतका लागि आवश्यक पर्ने तत्वहरु प्रोटिनबाट पाइन्छ । प्रोटिनलाई शरीर बद्र्धक खाना पनि भनिन्छ । माछा, मासु, अण्डा , दुध र दुधवाट बनेका खाने कुरामा प्रसस्त प्रोटिन पाईन्छ ।

शरीरको लागि चिल्लो पनि आवश्यक हुन्छ, तर धेरै होइन । ध्यू , तेल, मखन आदि चिल्लोका स्रोतहरु हुन । एक ग्राम चिल्लोबाट ९ किलो क्यालोरी प्राप्त गर्न सकिन्छ । हामीलाई चाहिने क्यालोरीको १५ देखि ३० प्रतिशत सम्म खाना चिल्लो समूहको भएमा पुग्छ । हामीले प्रयोग गर्ने चिल्लो पदार्थ वनस्पति जन्य हुनु पर्दछ । जस्तो कि सूर्यमुखी तेल, भटमासको, मकैको, ओलिभ, तोरीको तेल आदि । शरीरलाई तन्दुरुस्त राख्नको लागि भिटामिन र खनिज पदार्थ पनि अत्यन्त आवश्यक हुन्छ । यो शरीर भित्र थोरै मात्रामा बनेको हुन्छ, बाँकी अरु खानाबाट नै परिपूर्ति गर्नुपर्ने हुन्छ ।

मौसम अनुसार हुने सागपात जस्तै रायो, तोरी, चम्सुर, पालुङ्गो, मेथी, कर्कलो, बेथे, लट्टे, लुँडे, सिस्नु, आदि सागहरु रातापहेंला तरकारी जस्तै पाकेको फर्सी, गाजर, बन्दा, काउली, तिते करेला,टमाटर, भण्टा, खुर्सानी,आँप, अम्बा सुन्तला, भोगटे, कागती, केरा,आदि हिउँदे र बर्षे तरकारी फलफूहरु केही न केही परिणाममा दिनहुँ सेवन गर्नु पर्दछ । ताजा हरियो र पहेलो तरकारी र फलफूलहरुमा प्रसस्त मात्रामा क्यारोटिन, भिटामिन सि, राइवोफ्लाविन, क्याल्सियम र आइरन पाइन्छ ।

यसरी हामीले समय समयमा उत्पादनहुने तरकारी र फलफूललाई सन्तुलित मात्रामा खाने गरेमा शरीरलाई चाहिने भिटामिन र खनिज सजिलै प्राप्त हुन्छ । शरीर स्वस्थ्य राख्नको लागि खानाको साथै पानीको पनि अत्यन्तै महत्व हुन्छ । शरीरको तौलको लगभग७०, ८० प्रतिशत पानी मानिसको शरीरमा हुन्छ । मानिस बरु खाना विना महिनौंसम्म बाँच्न सक्छ तर पानीविना २, ४ दिनभन्दा बढि बाँच्न सक्दैन । शरीरमा भएको पानी मध्ये २० प्रतिशतमात्रै कम भएमा पनि मानिसको मृत्यु हुन सक्छ । एक जना स्वस्थ्य व्यक्तिको लागि दिनको ३ देखि ३.५ लिटर पानी आवश्यक हुन्छ ।

मिर्गौला स्वस्थ्य राख्न के खाने, के नखाने ?

➢ प्रत्येक ६, ६ महिनामा रगत र पिसाबजचाएर मिर्गौलाको परीक्षण गराउने ➢ उमेर छिप्पिदै गए पछि नुन र चिनी खान कम गर्दै लाने ( नुन सानो २ चमच दिनभरीको लागि र चिनि ३ चमच दिनभरीको लागि यदि डायविटिक छैन भने) ➢ हलुका पसिना आउने गरी हरेक दिन शारीरिक व्यायाम वा केही कामगर्ने ➢ समय समयमा रक्तचापको जाँचगर्ने ➢ धुम्रपान, मद्यपान, लागु पदार्थबाट टाढा रहने ➢ रातो मासु जस्तै खसी,बोका, रांगा नखाने ➢ बजारमा पाइने रंगीचङ्गी प्याकेटका खानेकुरा नखाने ➢ दिनमा ३ देखि ३.५ लिटर सम्म पानी पिउने । शरीरबाट फोहोरमैला फ्याक्ने कार्यका लागि पानी चाहिन्छ । यूरिया जस्तो अनावश्यक बस्तु मिर्गौलाबाट बाहिर फ्याँक्न प्रसस्त पानी आवश्यक हुन्छ । ➢ कडा औषधीको सेवनबाट पैदा हुने विशालु तत्वलाई बगाएर मिल्काउन पानी प्रसस्त आवश्यक पर्दछ वा एन्टी बायोटिक औषधी खाएको बेलामा अरु सामान्य बेलामा भन्दा धेरै पानीपिउनु पर्दछ । ➢ पानीको सट्टामा कोक, फन्टाहरु नपिउने शुद्ध सफा पानीमात्र पिउने । ➢ खाना पाक्नासाथ खानुपर्छ, यसले गर्दा रोगका किटाणुहरु खानामा पस्न र फैलन पाउदैनन् । ➢ कुनै पनि खानेकुरा पाँचघण्टा भन्दा बढि राख्नु छ भने कि त तातोमा राख्नुपर्छ कि त साह्रै चिसोमा (१८ं ऋ) राख्नुपर्छ । ➢ काँचो र पाकेको मासुसँंगै राख्नु हुँदैन विशेष गरी कुखुराको मासुमा रोगका किटाणु हुन्छन् । ➢ प्याकेटको सुप, पुरानो अचार, पापड नखाने । यस्ता खानेकुरामा नुन धेरै हुने र लामो समयसम्म नबिग्रियोस भनेर एचभकभचखबतष्खभ राखिएको हुन्छ । यसर्थ शरीरलाई स्वस्थ्य राख्नको लागि राम्रोसँग ताजा र सफा खानेकुरा खायौं भने हामीसँंग भएका अन्य अङ्गका साथै मिर्गौलालाई पनि जोगाउन सकिन्छ । मेनु (२००० क्यालोरी) बिहानको नास्ता दुध अथवा चिया १ कप फुल १ गोटा रोटी २ पिस बिहानको खाना भात २½ ठिक्कको कचौरा दाल १ कचौरा हरियो साग इच्छानुसार गेडागुडी ½ कचौरा दहि वा दुध १ गिलास सलाद इच्छानुसार दिउँसोको खाजा दुध १ गिलास चिउरा १ गिलास फलफुल १ वटा बेलुकाको खाना रोटी ४ वटा दाल १ कचौरा हरियो साग इच्छानुसार मासु वा पनिर ६, ७ टुक्रा सलाद इच्छानुसार नोटः शाहाकारीको लागि दिनमा ३०० मिलिलिटर सम्म दुध वा दुधका परिकार खान सकिन्छ । लेखक : राष्ट्रिय मिर्गाैला उपचार केन्द्रमा कार्यरत हुनुहुन्छ ।