कभर स्टोरी

खानेपानीमा नमुना बन्दै चम्पादेवि गाउँपालिका

By Bala Adhikari

August 11, 2019

सुजन पाैडेल

ओखलढुंगा जिल्ला काे अति दुर्गम मानिने चम्पादेवि गाउँ पालिका साविकका ६ वटा गा वि स हरु मिलेर बनेको छ । हाल १० वटा वडा रहेको यस गाउँ पालिकामा करिब १८ हजार जनसंख्या रहेको छ भने थुप्रै जात जातिको बसोबास रहेको छ । भाैगाेलिक दृष्टिकोण का अाधारमा अति बिकट मानियकाे चम्पादेबी गाउँपालिका बिकासका दृष्टिकोणले नमुना वन्दै गइरहेको छ।

पछिल्लो समयमा माेटरबाटाे सबै टाेलवस्तिमा पुर्याए संगै खानेपानी ब्याबस्थापन लाइ पनि उतिकै महत्वका साथ हेरिदै यो एक वर्षलाइ खानेपानीको वर्षको रुपमा लिइ खानेपानीको लागि विशेष बजेटको समेत व्यवस्थापन गरेको छ । ओखलढुंगामा मात्रै नभएर १ नं प्रदेशकै सुख्खा क्षेत्र मानिने हाल चम्पादेबीको वाडनं १,२ पलापु र वाडनं ३ कालिका मा लिफ्टिङ प्रणाली मार्फत खानेपानीको व्यवस्थापन गर्न लागेको हो।

हाल गॉउपालिकाको केन्द्र रहेको ताप्केडाडा मा पानी को हाहाकार थियो । त्याँहाका बासिन्दाहरु पानी लिन टाढा जानु पर्थ्यो । तर हाल ताप्केडॉडा मा पनि खानेपानी व्यवस्थापन भइसकेकोले जनताले खानेपानी को राहत पाएका छन् ।

चम्पादेवि गाउँ पालिकाका वाडनं तिन मा पर्ने भॉगे र चित्रे का जनताले पानीको अभाबमा काकाकुल को जिबन बिताइ रहनुपरेको अबस्थामा करिब ३५ लाख गॉउपालिका र करिब १५ लाख उपभोक्ता समिति बाट गरि झन्डै ५० लाख लागतमा लिफ्टिङ बिधिबाट लिफ्टिडं खानेपानी को काम सम्पन्न भइसकेर जनताले पानीको सुबिधा उपभोग गरिसकेको कुरा चम्पादेबी गॉउपालिका अध्यक्ष नबराज के सीले वताउनु भएको छ।

लिफ्टिडं प्रणालि द्वारा वडा नम्बर १र २ पलापुमा कतैपनि खानेपानीको मुहान नभएको ले लिखुखाेलाबाट लिफ्टिङ गरि खानेपानीको व्यवस्थापन गर्ने उहाँको भनाइ छ,गतसाल पनि पलापुकाे खानेपानीको लागि सबैभन्दा बढि वजेट काे व्यवस्थापन गरिएको र छवटा ट्याङ्की निर्माणका काम सम्पन्न गरि खानेपानी बिस्तार गरि कालोपोलिथिन पाइप पनि ख़रीद गरिसकेको छ।

सम्पन्न नभइ सकेको योजना हरुमा पाइप गाड्ने काम र धारा निर्माण गर्ने काम द्रुतगतिमा अगाडि बढिरहेको छ । यो बर्षमा पलापुका जन्ताका घरघरमा खानेपानी पुर्याउने लक्ष लगभग याे वर्ष सकिने अनुमान लगाइएतापनि बति व्यवस्था नभएको कारण अवरोध उत्पन्न भएकोले बति ब्याबस्थापन गर्नका लागि पहल भइरेको र वत्ति व्यवस्था भएपछि २ देखि ३ महिना भित्र सबै टाेल र टोलमा खानेपानीको धारा संगसगै विजुलि वत्ति काे पनि व्यवस्थापन गरिने कुरा पालिका अध्यक्ष वताउनु हुन्छ ।

चम्पादेबी का वडा नम्बर १०,८,५,६,९,४र५ मा पनि खानेपानीको लागि विशेष बजेट काे व्यवस्थापन गरिएको र याे अार्थिक वर्ष भित्र सबै टाेल वस्ति हरुमा घरघरमा शिक्षा ,स्वास्थ्य ,कृषि ,खेलकुद , महिला कार्यक्रमलाई पनि निरन्तरता दिएको हुनाले चम्पादेवि सबै कुरामा नमुना हुने कुरा अध्यक्ष नबराज केसी को भनाइ रहेको छ । फरक सन्दर्भमा अध्यक्ष केसीले आफ्नाे गाउँ पालिकालाई सङ्घिय सरकार र प्रदेश सरकार बाट खासै सहयोग नभएको ले पनि काम गर्न थप समस्या परेको वताउनु भएको छ ।