कभर स्टोरी

लक्जेम्वर्ग सरकारद्वारा उच्च विभूषणसहित लामिछाने सम्मानित

By Bala Adhikari

August 13, 2019

नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई दुई दशकभन्दा बढी समयदेखि लक्जेम्बर्ग–नेपाल सम्बन्ध सुदृढीकरणमा विशेष योगदान पुर्याएको भन्दै लक्जेम्वर्ग सरकारले उच्च विभूषणसहित सम्मान गरेको छ ।

नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूतसमेत रहेका लामिछानेलाई सोमबार राति राजधानीमा आयोजना गरिएको विशेष समारोहमा ‘द अर्डर अफ वक क्राउन अफ द ग्र्याण्ड डुचे अफ लक्जेम्बर्ग’ बाट सम्मान गरिएको हो ।

नेपालका लागि लक्जेम्बर्गका राजदूत जेन क्लाउडी कुग्नेरले वाणिज्यदूत लामिछानेलाई उक्त विभूषण प्रदान गर्दै ४४ वर्ष पुरानो द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।

गत वर्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबाट भएको लक्जेम्बर्ग भ्रमणको स्मरण गराउँदै उनले निकट भविष्यमा मन्त्री ज्ञवालीको निमन्त्रणामा आफ्नो देशको विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने सम्भावना रहेको बताएका थिए ।

त्यस अवसरमा परारष्ट्रसचिव शङ्करदास बैरागी, अवैतनिक वाणिज्यदूत नेपालका डिन प्रदीपकुमार श्रेष्ठ र वाणिज्यदूत लामिछानेले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न लक्जेम्बर्गका नागरिकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न समेत राजदूतसमक्ष आग्रह गरेका थिए ।