अस्ट्रेलियन स्कील क्वालीटी एथोरोटी(आस्क्वा)ले छ महिना अघि दर्ता खारेजी गर्ने निर्णय गरेको इन्टरनेशनल इन्सिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी(एआइबीटी) कलेज एएटीवाट मुद्दा जितेपछि सन्चालनमा आउने भएको छ । गत फेब्रुअरी महिनाको १९ तारिख आस्क्वाले एआइबीटी खारेज गर्ने निर्णय गरेको थियो । एडमिनिस्ट्रेसन अपील ट्रिब्युनल(एएटी)ले एआइबीटीलाई केहि आन्तरिक शर्तहरु सहित पुन सन्चालनको अनुमती दिएपछि धेरै नेपाली बिध्यार्थीले राहतको सास फेरेका छन । एआइबीटीको रद्दपछि सुल्झीएको शैक्षिक बहसले अस्ट्रेलियाको शिक्षा नितीमा समेत केहि परिवर्तन आएको थियो । एन्म्याकको अनुमती नपाइकन आस्क्वाको दर्ताका आधारमै नर्सीङ पढाउन पाइने गलत प्रथाको अन्त्य समेत भएको थियो । एआइबीटीको रद्द पछि नेपाल सरकारको शिक्षा मन्त्रालयले यस कलेजलाई नो अबजेक्सन लेटर दिन बन्द गरेको थियो तर अब पछिल्लो सन्चालनको अनुमतीले भने त्यसमा फेरबदल आउन सक्ने देखिन्छ । करिब एक हजार पाँंच सयको हाराहारीमा नेपाली बिध्यार्थी अध्यनरत यस कलेजलाई आस्क्वाले अचानक रद्द गरेपछि नेपाल र अस्ट्रेलियामा समेत निकै होहल्ला भएको थियो । हजारौ बिध्यार्थीहरु अलपत्र परेको भन्दै बिध्यार्थी र तिनका अभिभावक समेत मैदानमा आएपछि सरकारले डिप्लोमा तहलाई नो अबजेक्सन लेटर समेत रोक्ने निर्णय गरेको थियो । तर केहि दिन पछिनै सो निर्णय फीतलो साबित भएको थियो । अस्ट्रेलियाको शैक्षिक निकाय र नीतीको बिषयमा बहस भैरहँंदा पछिल्ला छ महिनामा करिब एक सय भन्दा बढि कलेजहरुलाई सरकारले रद्द गर्ने निर्णय गरिसकेको छ । तर रद्द गरेको कलेजहरुले आफुलाई अन्याय भयो भन्दै माथिल्लो निकाय एडमिनिस्ट्रेसन अपील ट्रिब्युनल(एएटी)मा गएपछि कतिपयले राहत पाएका पनि देखिन्छ । यस्तो परिस्थीतीमा करिब छ महिना कलेज रद्द भएपछि अन्यौल र पीडामा रहने बिध्यार्थीहरुका समस्याका बिषयमा भने सम्वन्धित निकाय मौन देखिन्छ । नितिगत तहमा यसको जवाफ कोहीसँंग छैन । शैक्षिक अनुगमन गर्ने निकायले आवश्यक पुर्वाधार र लेखाप्रणालीको निगरानीका आधारमा कलेज खारेज गरेको देखिन्छ भने माथिल्लो निकायले यावत कारणले कलेज खारेजी गर्नु नपर्ने देखिएको निर्णय सुनाउछ,यस्तो अवस्थामा यसको प्रत्यक्ष प्रभाव भने बिध्यार्थी र अभिभावकमा परेको देखिन्छ । कलेजकी सीइओ फीयोना कीले बिहिबार प्रेश बिज्ञप्ती जारी गर्दै कठिन परिस्थीतीमा सहयोग गर्ने बिध्यार्थी ,कर्मचारी ,एजेन्सीहरुलार्ई मुरी मुरी धन्यबाद दिएकी छिन।