कभर स्टोरी

चितवनमा डेङ्गु एवं स्क्रवटाईफसबाट थप एकको मृत्यु

By Bala Adhikari

October 24, 2019

चितवन, कात्तिक ७ । डेङ्गुका कारण स्वास्थ्य कार्यालय चितवनले थप एक जनाको मृत्यु भएको जानकारी गराएको छ । उल्लेख भएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा कार्यालयले उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको बताएको हो ।

लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख दीपक तिवारीले बताएका छन् ।

योभन्दा अघि एक जनाको डेङ्गु एवं स्क्रवटाईफसबाट मृत्यु भएको पुष्टि समेत भएको थियो । जिल्लामा अहिलेसम्म ज्वरो आउनेमा १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा डेंगु संक्रमण देखिएको छ । महामारीको रुपमा भदौको तेस्रो र अन्तिम सातामा देखा परेको डेङ्गु अब भने घट्दै गएको जानकारी पाइएको छ ।