आर्थिक

अतिविपन्न १०० घरपरिवारलाई चिनियाँ नागरिकद्वारा सहयोग

By Bala Adhikari

October 24, 2019

काठमाडौं, कात्तिक ७ । भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ । उनले प्रतिघर परिवार रु १० हजारको हाराहारीमा सहयोग गरेका छन् ।

बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न नगद तथा लत्ताकपडा विपन्न परिवारलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वितरण गरेकी थिइन् । उक्त अवसरमा उनले सहयोगी दाता चाङ र उहाँको परिवारलाई धन्यवाद व्यत्त m गर्दै आउँदै गरेको तिहारलाई उल्लासमय बनाउन राहत पाउनेहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त समेत गरेकी छन् ।

चाङका नेपाली मित्र सुरेशचन्द्र अधिकारीले भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चामल, जिरा मसला, घ्यू, साबुन, चिउरा ब्ल्याङ्केट र प्रतिपरिवार नगद रु तीन हजार गरी रु १० हजार बराबरको राहत सामग्री वितरण गरिएको प्रष्ट पारेका छन्