जिल्ला-विशेष

सुनसरी जिल्लाका बाढी प्रभावित स्थानमा स्वास्थ्य शिविरको आयोजना

By Bala Adhikari

August 27, 2017

सुनसरी जिल्लाका विभिन्न बाढी प्रभावित स्थानहरुमा नव आदर्श नेपाल नामक गैरसरकारी सँस्थाको आयोजनामा स्वास्थ्य शिविर, सरसफाइ सामाग्री तथा राहत सामाग्री वितरणको कार्य गरिएको छ । उक्त कार्यक्रममा हेल्प नेपाल र लुम्बिनी इमरजेन्सि रेस्पोन्स नेपालको सहयोग रहेको थियो । शनीबार सुनसरी जिल्लाको हरिनगरा गाउँपालिकाको बसन्तपुरमा र आइतबार रामधुनी नगरपालिकाको डुम्राहा र इटहरी उपमहानगरपालिकामा बाढिजन्य रोगको औषधि वितरण र सामान्य रोगको चेकजाँच गरिएको थियो । टाउको दुख्ने, ज्वरो, खोकी, जिउँ चिलाउने, आँखा दुख्ने , कान चिलाउने, पेट फुल्ने लगायतका अन्य बाढिबाट उब्जियका समस्याको निशुल्क स्वास्थ्य जाच गरि औषधि वितरण समेत गरिएको थियो ।

भारतीय सिमाभन्दा दुई किलिमिटर नजिक रहेको सुनसरीको दक्षिण विकट गाउँ बसन्तपुरमा सम्पन्न शिविरमा एक सय पचाँसभन्दा बढि बाढी पिडित स्थानियको स्वास्थ्य जाँच गरि औषधि वितरण गरिएको थियो । बसन्तपुर स्वास्थ्य चौकीको सहकार्यमा भएको स्वास्थ्य शिविरमा स्थानियलाई टुथब्रस, टुथपेस्ट, साबुन लगायतका सरसफाई सामाग्री पनी वितरण गरिएको थियो । बढी प्रभावित सुत्केरी तथा एक बर्षभन्दा कमका बच्चाका आमालाई सर्बोतम पिठो वितरण गरिएको थियो । बाढीले बाटो बगाएकाले कुनैपनि राहात तथा सहयोग पुग्न नसकेको बसन्तपुरका स्थानिय प्रतिनिधिले नव आदर्श नेपालले संचालन गरेको स्वास्थ्य शिविर तथा अन्य सहयोगमा खुशि व्यक्त गरे ।

बाढीबाट अति प्रभावित मुसहर बस्तिलाई लक्षित उक्त स्वास्थ्य शिविर डुम्राहा स्वास्थ्य चौकिमा संचालन गरिएको थियो । स्वास्थ्य चेकजाँचको साथसाथै प्रभावित उपस्थितलाई खाध्य सामाग्री र सरसफाई सामाग्री पनि वितरण गरिएको थियो । उपस्थितलाइ दालमोट, चाउचाउ , साबुन, टुथब्रस, टुथपेस्ट, सर्बोतम पिठा, जिवनजल , स्यानिटरी प्याड वितरण गरिएको थियो । आइतबार नै इटहरी उपमहानगरपालिकामा पनी स्वास्थ्य शिविर सम्पन्न भएको थियो । बाढीबाट संक्रमितको चेकजाँच र औषधि वितरण गर्नुको साथसाथै बाढी प्रभावितलाई खाध्य सामाग्री र सरसफाई सामाग्री वितरण गरिएको थियो ।