दृष्टिकोण

पनामा पेपर्सले नदेखेको नेपाल

By Bala Adhikari

August 31, 2017

– राजेन्द्र प्रसाद पाठक

खोजी पत्रकारीताको सनसनीपूर्ण एउटा रुप पनामा पेपर्स जसले संसार भरीमा अराजक गतीबिधीबाट अकुत सम्पत्तीलाई सुरक्षीत किसीमले ब्याबस्थापन गर्ने र त्यसको उचित समन्वय गर्ने बिषयमा खाजपूर्ण समाचार संप्रेषण गरेर चर्चित भएको समाचार माध्याम हो । संसार भरिका शासक, प्रशासक , उधोगपतिहरुबाट कर छली र राष्ट्रघातबाट प्रप्त सम्पत्तीको उचित ब्याबस्थापन गर्न पश्चिमा देशहरुमा अनुकुल कानुन बनाएर अन्य देशको लुकाएर राख्न बाध्यकारी पुँजीलाई देश भित्र ल्याउनका लागी गरिएको ब्याबस्था हो । जसरी स्वीजरल्याण्डले आफ्ना बैंकहरुमा खाता खोल्नेको नाम ,श्रोत ,खाता नम्बर आदी गोप्य नै राख्ने गर्दछ ।

आफ्नो राष्ट्र र देशको ढुकुटी प्रति बिस्वाश नभएर अन्यत्र देशलाई परीवार र सम्पत्ती लुकाउने थलोका रुपमा आवकशित र अल्पबिकशित देशमा शासन सत्ताको हालीमूआली लिएर बस्नेहरुनै हुने गरेको कहीं कतै लुकेको छैन । शुलभ कानुन र सरक्षीत ढुकुटी बानएर अथाह सम्पत्ती देश भित्र ल्याउने ग्रान्ड डिजाईनमा शान्तीपूर्ण र विकशित देशहरु लागी सकेका छन् । हामी भने क्रान्तीका नाममा अझै अशान्तिलाई प्रश्रय दिनेतीर उन्मुख छौं । हाम्रा उच्च पदस्तहरु आवश्यता अनुसार र आफु अनुकुल बिभिन्न शाान्ति र क्रान्तीका विगुल फुक्ने गर्दछन् । पंक्तिकारले समेत कुनै एकदेशमा बिदेशी बैंकको लकरमा काम गर्ने उच्च श्रेणीका कर्मचारी संग राम्रै किसीमको चिनाजनी हुँदा नेपाली भएको जानकारी पाईसके पछि उनले गोप्यता नखोल्ने शर्तमा नेपालको अभिजात बर्गका कुनै एक बेलाका शासकका नाममा आहलेको तुलनामा पचासौं बर्षको बजेट बन्न सक्ने सुन जुहारत रहेको र सोको हाल सम्म कुनैपनि दाबेदार दाबी गर्न र बुझ्न समेत नआएको खुलासा गरेका थिए । हाल त्यो सम्पत्ती बेवारीसे अबस्थामा रहेको गोप्य जानकारी गराएका थिए ।

बिगत देखी हाल सम्मकै शासक वर्गमा देश प्रतिको बिश्वास र इृमानदारीता भैदिएको भए यत्तीका धनसम्पत्ती अन्य देशको ईन्टरनेशनल बैंकमा अलपत्र हुने थिएन । मेरा हजुरबुबाले बेला बेलामा भन्ने गरेको प्रचलित उखान मलाई अहिले सम्म याद छ । त्यो ब्यार्थ धा हो नदिने नखाने , त्यो ब्यार्थ बल हो रणमा नजाने । अहिले हाम्रो देशको धा पनि सोही अबस्थामा अन्यत्रतिरै अलपत्र परेको अनुभव भएको छ । किनकी हामी संग सबै चिज भएर पनि हामीले नै अन्यत्र संग हात पसार्न पर्ने बाध्यता कसरी आयो । जनताको अनुहार देखाएर प्राप्त भएको बिदेशी बजेटको पनि सहि सदुपयोग हुन नसक्नुमा कसले जिम्मेवारी लिने हो सोको पनि निक्र्याल हुन सकि रहेको छैन । गितमा पनामा पेपर्सले नेपालका केही धनाढ्यहरुको सुचि प्रकाशन गरेको थियो तर तिनीहरु संग अरु को कसको सम्लग्नता छ त्यसको समेत छानविन हुन सकेन ।

पाकिस्तान जस्तो देशको अदालतले समेत प्रधानमन्त्रि नवज सरिफलाई पद त्याग गर्न बाध्य तुल्यायो । त्यती सम्म मात्र कार्यान्वयन हाम्रोमा भयो भने पनि देशका मै हुँ भन्नेहरु को कति सजाएका भागेदार हुनु पर्ने हा त्यो त समयले नै सावित गर्ने नै छ । कतै पनामा पेपर्स जस्तो संस्थाले हाम्रो जस्तो देश नदेखेको त हाईन ? आजको प्रमुख सवाल यही हूनेछ । अस्तु ।