समाचार

साहित्यकारद्वारा भारत अतिक्रमित भूमिबाट फिर्ता जानुपर्नेमा जोड

By Bala Adhikari

November 15, 2019

काठमाडौं, कार्तिक २९ । नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता हुनुपर्नेमा साहित्यकारले जोड दिएका छन् । मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको ८५औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गर्दा तत्काल नेपाली भुमी फिर्ता गर्नुको विकल्प नरहेको बताएका छन् ।

समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेका थिए । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित ‘मेरो सम्झना’मा नामक कृतिको लोकार्पण गरेका थिए ।

काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, डा जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा बमबहादुर थापा जिताली, त्रिभुवनचन्द्र वाग्ले, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा वनवासी, पुनम घिमिरे, विमला दाहाल, गङ्गा कर्माचार्य, राजेन्द्रप्रसाद ढुङ्गाना, राजेन्द्रप्रसाद ढुङ्गाना, प्रकाशमणि दाहाल, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, रुद्र अधिकारी, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, ओमप्रसाद कोइराला, भुवन शिवाकोटी, कुसुम शर्मा, रवीन्द्र आशिष शैली, रश्मि रिमाल, विजयराज न्यौपाने, मुकुन्द न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलतिहुन, गगनदीप सर्व, निर्मल पराजुली, रवीन्द्र ढुङ्गेल, टेकबहादुर लौडारी, समाजका केन्द्रीय सदस्य सरस्वती ढकाल, संस्थापक सभापति पहाडीसहित ३८ कविहरुले कवितावाचन गरेका थिए ।