डा. डीला संग्रौला ।
मेरो यो दोश्रो पटकको अस्ट्रेलिया यात्रा हो । करिव २ वर्ष अगाडि आएको थिएं । प्रथम पटकको यात्रा ईष्टमित्र पारिवारिक भेटघाट तथा राजनैतिक प्रशिक्षणमा सिमित भएको थियो भने दोश्रो पटकको यात्रा केही राजनैतिक सामाजिक आर्थीक अनुभव गर्ने मौका प्राप्त भएको छ ।ु मैले अष्ट्रेलियामा झट्ट अनुभव गर्दा अति रमणीय विशाल राष्ट्र तथा अनुशासित समाज नै हो । यहाँको राजनैतिक व्यवस्थालाई हेर्ने हो भने २ सदनात्मक व्यवस्थापिका, संघीय संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था । अष्ट्रेलियाको राजधानी क्यानवेरा हो यसको ठुलो शहर सिड्नी हो । यो विविधतायुक्त समाज हो जहां शिक्षा हाईस्कूल सम्म निशुल्क छ । जहाँको भाषा अंग्रेजी हो धर्म ७ थरिका देखिन्छ जस्मा ५२.१५ कृश्चियानिटि ३०५ नास्तिक २.६५ मुश्लिम, २.४५ बुद्धिष्ट, १.९५ हिन्दु ०.५५ शिख ०.४५ जुडिजम, ०.४५ अन्य । यहाँ राष्ट्रिय सभालाई सिनेट र प्रतिनिधि सभालाई हाउस अफ रिप्रिजेन्टेटिभ भनिन्छ यहाँको स्वतन्त्रता दिवस वेलायति स्वतन्त्रता दिवसको दिन नै मनाईन्छ । ७६९२०२४ किलोमिटर , जनसंख्या २५,५२१,४०० छ । २०१८ को ईष्टिमेट अनुसार जिडीपी जम्मा १.३१३ ट्रिलियन र प्रतिव्यक्ति आय ५२,१९१ डलर रहेको छ नोमिनलतर्फ जिडीपी जम्मा १.५०० ट्रिलियन, प्रतिव्यक्ति आय ५९,६५५ देखिन्छ । यहाँको आफ्नै मुद्रा छ जो अष्ट्रेलियन डलरले परिचित छ । करिब १ लाख नेपालीहरुको शैक्षिक तथा सुविधा सम्पन्न सुविधाको गन्तव्य पनि अष्ट्रेलियानै देखिएको छ । यसको विशेषता भनेको कानूनी राज्य र अनुशासित समाज हो । यहाँको शिक्षा जीवनोपयोगी व्यवसायिक छ । यसले आत्म निर्भर बनाई पि आर माफत व्यावसाय केन्द्रित पनि भएको पाईन्छ । यसबाट हामीले पनि सिक्नु पर्दछ भन्ने मेरो अनुभव छ । प्राकृतिक सौन्दर्यता र व्यवसायिकता सुन्दर सामुद्रिक तट पहाड लाई सिंगारेर व्यावसायिक रुपमा पनि देशको आर्थिक उन्नति गर्न सकिन्छ प्राकृतिक सौनदर्यतालाई हेर्ने हो भने हामी अब्बल छौं तर त्यसको सदुपयोग हुन सकेको छैन । नेपालले पनि पर्यटन वर्षको रुपमा मनाउन प्राकृतिक सौन्दर्यतालाई व्यावसायिक करण गरि अगाडि बढाउनु पर्नेछ । विशाल र विविधतायुक्त मुलुक अष्ट्रेलिया विश्वको छैठौं महादेश हो जस्ले ७६९२०२४ वर्गक्षेत्रफल ओगटेको छ ।यद्यपि जनघनत्वको आधारमा सबै भन्दाकम जनसंख्या भएको देश मानिन्छ । यहाँका मानिसहरु सामुद्रिक सुन्दरतामा रमाई त्यसैका छेउछाउमा बस्न रुचाउँछन् । विभिन्न भाषा भाषीहरुको बसोबास भएको यसक्षेत्रमा विविधता भित्र एकता छ हाम्रो नेपाल पनि विविधताले भरिपुर्ण राष्ट्र हो । हिमाल पहाड तराई युक्त हाम्रोदेश पनि एकतापूर्ण भई राष्ट्रको गौरव संग जोडेर अगाडि बढ्नसक्नु पर्दछ । संघियताको अनुभव संघियताको अनुभवमा पनि अष्ट्रेलिया अगाडि नै छ जसको सुरुवात १९०१ मा भयो जस्मा ६ वटा संघीय राज्य र २ वटा केन्द्र शासित प्रदेश रहेका छन् केन्द्र शासित प्रदेशमा राजधानी रहेको क्यानवेरा रहेको छ । संघियतामा देशको विकाश भनेको शक्तिको विकेन्द्रिकरण र श्रोत र साधन को बाँडफाड हो जुनकुरा अष्ट्रेलियाले राम्रो संग अंगालेको छ । नेपालले पनि यसकुरालाई अंगालेर नआत्तीई अगाडि बढ्नु पर्ने देखिन्छ । यसो गरेमा सिंहदरवारको अधिकार गाउंघरमा पुग्दछ । नैतिकताको राजनिती याहांका राजनितिक कार्यकर्ताहरुमा नैतिकताको मूल्य र मान्यता छ जस्मा सानो उदाहरणको रुपमा यसै वर्ष एकजना मूख्य मन्त्रीले वाईन उपहारमा लिंदा नैतिकताको आधारमा राजिनामा गरेको कुरा पनि यहाँ स्मरण योग्य हुन आउँछ । ट्राफिक रुल नियम कडा रुपमा लागू गरिएको छ । सानो तिनो गल्तीमा घरैमा जरिवाना सहितको पत्र पठाउने र जरिवाना नतिरेमा अन्य कुरामा समेत असर पर्ने गर्दछ । आफ्नो लेनमा मात्र गाडीचलाउने कतै पनि ट्राफिक पुलिस देखिंदैन तर सबैले आफ्नो लेनमा नैतिकता र अनुशासित भएर चलाउंछन् । श्रमको मूल्याङ्कन श्रममा आधारित परिवारकालागि यहाँका श्रमको मूल्याङ्कन अनुसार पारिश्रमिक र विना भेदभाव पारिश्रमिक निर्धारण, घण्टामा आधारित पारिश्रमिक र हप्तै पिच्छेको तलव भुक्तानीले पनि दैनिकीमा ज्यादै सहज बनाईदिएको छ ।यहाँको बजार जहिले पनि स्थिर हुने हुदा तलबको दर उच्च हुने गर्दछ पर्यावरण यहाँ शहर देखि ग्रामिण भेग सम्म जहाँ पनि हरिया जंगलको आनन्द लिन सकिन्छ । भारि वर्षाको श्रोत जंगलको संरक्षणमा कुनै किसिमबाट पनि कमि हुन दिईएको देखिंदैन र तिनै जंगलमाथी फलामका ठुला ठुला पुलबनाई जंगल सफारि एवं झरनाको अवलोकन गराई आर्थिक उपार्जनको समेत श्रोत बनाईएको छ जुन नेपालको लगि अनुकरणीय छ। दीर्घकालीन योजना याहां निर्माण गरिएका र गर्न लागिएका निर्माण योजनाहरु ५० देखि १०० वर्षलाई दृष्टिगत गरि योजना तर्जुमा गरिने कारणले विच विचमा योजना परिवर्तन प्रायशः नहुने गर्दछ । सिकाई पर्यावरणको बचाउ, दीर्घकालीन सोचका साथ योजना तर्जुमा, नैतिकतामा आधारित चरित्र, ठेक्का प्रथामा परिवर्तन, उद्देश्य मूलक एवं रोजगारमा आधारितशिक्षा महत्वपुर्ण मानिन्छन । । -लेखक नेपाली कांग्रेसकी केन्द्रिय सदस्य हुनुहन्छ ।