कभर स्टोरी

पन्तको अध्यक्षतामा पर्यटन पत्रकार संघ

By Bala Adhikari

November 17, 2019

काठमाडौं, मंसिर १ । पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ(जाट–नेपाल)को आठौं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशन सम्पन्न भएको छ । देवीप्रसाद पन्तलाई अध्यक्षकोमा छनोट गर्दै सम्पूर्ण कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

शनिबार सम्पन्न साधारण सभाले प्रथम उपाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनालीलाई चयन गरेको छ । कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पार्खिन, शिव बस्नेत र जुली गुरुङलाई चयन गरेको छ ।

सर्वसम्मत रुपमा संघको नयाँ नेतृत्व चयन भए लगत्तै नवनिर्वाचित अध्यक्ष पन्तले पर्यटन पत्रकार संघलाई देश व्यापी रुपमा अगाडि बढाउने र सरकारले लिएको भ्रमण वर्ष–२०२० लाई सफलपार्न सोही हिसाबले प्रबद्र्धनात्मक कार्य गर्ने प्रतिवद्धता जनाएका छन् । साथै नवनिर्वाचित अध्यक्ष पन्तले सातै प्रदेशमा पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रमसँगै पर्यटनका प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने उद्घोष समेत गर्न भ्याएका छन् ।