कभर स्टोरी

सरकारको असफलता मन्त्रीमण्डल विस्तारमा छर्लङ देखियो : प्रवक्ता शर्मा

By Bala Adhikari

November 21, 2019

धरान, मंसिर ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका हरेक गतिवीधिलाई नजिकबाट नियाल्दा सरकार असफल भएको पुष्टि भएको बताएका छन् । प्रेस युनियन धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेको विषयलाई लक्षित गर्दै भने ‘हामीले भन्दै आएको कुरा आज पुष्टि भएको छ ।

असफल मन्त्री भन्दै प्रधानमन्त्रीले मन्त्री फेरेको विषयले यो सरकार असफल भएको पुष्टि नै भयो ।’ प्रवक्ता शर्माले सरकार सस्तो लोकप्रियताका लागि प्रचारमा उत्रिएर सबै क्षेत्र कव्जा गर्दै आएको बताउँदै सरकारले जनतालाई धेरै निराश बनाएको अगामी निर्वाचनबाट पुष्टी हुने दावी गरेका छन् ।

उनले सरकारले पुरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले कांग्रेसले एकएक हिसाब गरेर बसेको जानकारी गराउँदै भने, ‘आजको जिम्मेवार प्रतिपक्ष भोलीको सत्तापक्ष हो, हामी चुपचाप यो करणले छैनौँ कि सडकमा कम्युनिष्ट साथिहरुको जस्तो ढुंगामुडा गरेर प्रतिपक्षीको व्यवहार प्रस्तुत गरेका छैनौँ ।

प्रवक्ता शर्माले सरकारका कमजोरीलाई लिपिबद्ध गरेर केही दिन अघि मात्र सार्वजनिक गरेको बताउँदै मंसिर १४ मा हुने उपनिर्वाचन सरकारले गरेको कामको मुुल्याँकन गर्ने अवसर भएको स्पष्ट पारेका छन् । सरकारको क्षमताको मापन भै सकेको बताउँदै प्रवक्ता शर्माले अहिलेको अवस्थामा जनताले सरकारलाई नजिकबाट नियाली रहेको बताएका छन् ।