दृष्टिकोण

चरित्र मानवको

By Bala Adhikari

November 22, 2019

–मन्दिरा गिरी (वन)

भन्छन् कसैले जीवन बगेको पानी हो फर्केर आउन्न रे ! जिवन संघर्षको कुरुक्षेत्र हो त्यहाँ भिड्नु पर्छ रे ! तर पानी हैन जीवन, कुरुक्षेत्र पनि हैन जीवन त जीवन हो त्यहाँ के भिडन्त ? के कुरुक्षेत्र ? यहाँ भोग्नेले हैन, भोगाउनेको सही हुन्छ अन्यायमा पर्लाउ कुनै दिन अन्याय भयो, नभन्नु कसैलाई, केबल सहनु मात्र किन थाहा छ ? खिल्ली उडाउँछन्, भन्छन् आफु गुना हुन्छ रे ! तर बुझ्दैनन् मर्म अरुको बुझ्दैनन् व्यथा कसैको यहाँ स्वार्थी छन् व्यक्तिहरु भकारी भरिएपछि, अरुको शुन्य छ मतलब हुन्न संसार यस्तै विचित्रको चरित्र यस्तै मानवहरुको, चरित्र यस्तै मानवहरुको ।।