काठमाडौँ, भदौ १६ । संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको क्षेत्र निर्धारण सहित सरकारलाई बुझाएको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त पार्टीले संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको र मधेशमै मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने कोसिस गरेको भन्दै प्रतिवेदन त्रुटिपूर्ण भएको ठहर गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै आज ५१ प्रतिशत जनसंख्या रहेको तराई–मधेशमा क्षेत्र निर्धारण गर्दा ४७ प्रतिशतमा सीमित गरेको आरोप लगाएका छन् ।
पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत कम गर्ने षड्यन्त्र गरिएकामा हाम्रो गम्भीर आपत्ति छ भनी उक्त विज्ञप्तिमा उख्लेख गरिएको छ ।