कभर स्टोरी

प्रमुखहरुसँग कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा सुझाव

By Bala Adhikari

November 25, 2019

कर्णाली, मंसिर ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुझाव सङ्कलन गरेका छन् । नेकपाका १० वटै कर्णाली प्रदेशअन्तर्गत जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उनले सुझाव लिएका हुन् ।

प्रदेश सरकार सञ्चालनका क्रममा मुख्यमन्त्री शाहीले देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तक्र्रिया गरेका थिए । उनले अन्तकि्र्रयाका क्रममा सरकारको सफलताका लागि पार्टी र सरकारबीच आपसी समझदारी, समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । पहिलोपटक पार्टी एकतापछि भएको उक्त अन्तकि्र्रया कार्यक्रमको पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवले सुझाव दिएका थिए । जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जले दोस्रो दिन सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए ।

पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टोली समूहमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्नेलगायत सुझाव रुकुम पशि्चमका इञ्चार्ज राजकुमार शर्माले दिएका थिए । उनले पार्टी र सरकारको नेतृत्वबीचको बुझाइमा एकरुपता कायम हुन आवश्यक रहेको बताए । सरकारको कार्यसम्पादनलाई अन्तकि्र्रयाले प्रभावकारी बनाउन सहयोग पुग्ने समेत स्पष्ट पारिएको छ ।

नेकपाको नेतृत्वमा गठित सरकार असफल हुँदा समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा बढने नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले बताएका छन् । मुख्यमन्त्री शाहीले जनमुखी कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न जिल्ला नेताहरुसँग गरेको अन्तकि्र्रयाले पार्टी र सरकार दुवैलाई मद्दत पुग्नुका साथै जनतामा राम्रो सन्देश पुग्ने उनको भनाइ रहेको थियो ।

नेकपा रुकुम पशि्चमका अध्यक्ष गोपाल शर्माले अन्तकि्र्रयामा सहभागी सरकार र पार्टीका सबै तहका अङ्गलाई जनताको आधारभूत जीवनमा प्रभाव पर्ने कार्यक्रम अगाडि बढाउन सुझाव दिइएको समेत जिकिर गरे । अन्तकि्र्रयाबाट उनले पार्टी र सरकार दुवैको दृषि्टकोण समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निष्कर्ष निकालिएको उल्लेख गरेका थिए ।