काठमाडौं, मंसिर ९ । बिडिसिए कप टि–ट्वान्टी यहाँ जारी कि्रकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । पाटन भ्याली कि्रकेट क्लब, वासुलिङ कि्रकेट क्लब र पञ्चकोटी कि्रकेट क्लब लिग चरणका खेलबाट सुपर सिक्समा पुगेका हुन् ।
भ्यालीले निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न खेलमा महामाया कि्रकेट क्लबलार्ई ४६ रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको भ्याली २० ओभरमा १८३ रनमा समेटियो ।
राहुल भण्डारीले उसका लागि ४७ रन बनाए । जयसिंह टोक्टरेले महामायाका लागी चार विकेट लिए । महामायाले जवाफी ब्याटिङ गरेको २० ओभरमा १३८ रन मात्रै बनाउन सकेको थियो । उसका लागि सन्तोष बिजलेको ३७ रन बनाए । भ्यालीका पारस विष्टले तीन तथा राहुल भण्डारीले दुई विकेट लिए ।
स्कोरर दीपेन्द्रबहादुर बोहराले राहुल म्यान अफ द म्याच घोषित भएको जानकारी दिएका छन् । असिमकेदार कि्रकेट क्लबमाथि १४८ रनको जित हात पार्दै अर्को खेलमा वासुलिङ सुपर सिक्समा पुगको हो । वासुलिङले पहिला ब्याटिङ गरेको तीन विकेट क्षतिमा २०० रन बनायो । सुरेन्द्र ऐरीले उसका लागि सर्वाधिक ५३ रन बनाए । चक्र बडुले असिमकेदारका एक विकेट लिए । दुई सय एक रनको लक्ष्य पछ्याएको असिमकेदार ५२ रनमा समेटियो । वासुलिङका महेश ऐरीले चार विकेट लिए । उनी म्यान अफ द म्याच समेत घोषित भए ।
यस्तै बुड्डाबाजे कि्रकेट मैदानमा सम्पन्न खेलमा ति्रपुरा सुन्दरी कि्रकेट क्लबलाई ५० रनले पन्छाउँदै पञ्चकोटी सुपर सिक्समा इन्ट्री भयो । पञ्चकोटीले पहिला ब्याटिङ गरेको डम्बर बुडालको ७२ रनको मद्दतमा चार विकेट गुमाउँदै १६६ रन बनायो ।
ति्रपुराका वीरेन्द्र रानाले दुई विकेट लिए । एक सय ६७ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको ति्रपुरा १६ ओभरमा ११६ रनमा सीमित रह्यो । उसका लागि लोकेन्द्र थापाले ३२ रन जोडे । पञ्चकोटीका जीवन बुडालले चार तथा दिनेश बुडालले तीन विकेट लिए ।
जिल्ला कि्रकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टले बुडाल म्यान अफ द म्याच घोषित भएको बताएका छन् । जिल्लाका २० टोलीले जिल्ला कि्रकेट सङ्घको आयोजनामा मङि्सर ५ गतेदेखि प्रारम्भ भएको सो प्रतियोगितामा सहभागी जनाएका छन् ।