दिन प्रतिदिन सवारी दुर्घटना हुँदा धेरैले अकालमा ज्यान गुमाएको तितो यथार्थ कहाली लाग्दो त्रासको रुपमा बढ्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको जनाएकी छिन् ।
उनले आज ट्विट गर्दै शोकाकूल परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । उनले ट्विटमा भनेकी छिन्, हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छ ।