बाजेले भैंसी साँटे ! लैनोभैंसीसंग बगेर्नाे !! भैंसी खेदाहालाई एकमाना ध्यु घुष दिएर ! बाह्रमाना कोदो साँटे दिनभरी साहुलाई जिउ दिएर !!
बाबुको पालामा व्यावस्था साँटे युवाको जवानी दिएर ! राणातन्त्रले चारदाम ठेकी खायो साहुले चोके व्याज बेठी !! देवी देवताले वली खाए रैतानले महाशासनको खली खाए ! प्रजातन्त्रले निमेशभरमै जली खायो !! पञ्चायतले तीन तीन दशकसम्म ढलिमली खायो ! फेरि पनि प्रजातन्त्र नामक घामटले युवाको वली खायो !!
यत्ति हुँदा पनि कसैको चित्त शान्ति भएन ! कमलेले सत्रहजारको महावली खायो !! नेतृत्वले घुष खायो कर्मचारीले जुस खाए ! सबै सबै अघाए देश र जनता दाम्राको दाम्रै !!
धेरैलाई कालले खायो अझै अरुलाई पनि खाँदैछ ! बुढो ठिठो तरुण तन्नेरी नभनी भटाभटी लादैछ !! न त त्यो कहिल्यै अघाउँछ न त डकार्छ ! बरु घुष दिनेलाई अब तेरोपालो आयो भन्दै हकार्छ !!
संसारमा घुष नखाने खोज्दै गयो भने काल मात्रै ठहर्छ ! न त यस्लाई दरवार बनाउने कहर छ न त महलमा बस्ने रहर !! न त यस्को कुनै देश नै छ न त सुन्दर झिलिमलि शहर ! जिन्दगी कालको सादगी छ व्यावहार तोला मासा समान !!
सापटी लिदैन न त तमसुक लेख्छ चित्रगुप्तको बहिखाता ! संसार यसको फलको बगैचा आकाश उसको छाता !! जीवन उसको सदाचारी कहिल्यै बन्दैन भ्रष्टाचारी ! घुष दिन्या घुष लिन्या सबै कालका सर्वहारी !!