बत्तीले अँध्यारो खोज्न टाढा धाउनु पर्दैन ! अँध्यारो त बत्तीमुनि नै लुकिरहेको हुन्छ !! बत्तीले टाढा टाढासम्म प्रकाश छरेको हुन्छ ! नाकै मुनीको अँध्यारो बत्तीलाई गिज्याउँछ !!
दुस्ख पनि सुखसंगै यताउती डुलिरहेको हुन्छ ! तर किन हो किन सुख दस्खलाई देख्दैदेख्दैन !! सुख छउन्जेल बाह्रहातको टाँगोले पनि छुदैन ! दुस्ख ज्यालो हुन्छ जति पिटे पनि रुदै रुदैन !!
संकट पनि कतै टाढा विकट विकटमा हुदैन ! सुगम समथरमा पर्खेर मात्र बसिरहेको हुन्छ !! लड्न कतै भिर पहरामा ठोकिनु पर्दै पर्दैन ! दैलाको ठेलो नै ठोकिन ठेसलाग्न काफी छ !!
शोक र रोग लाग्न कमी कमजोरी हुनै पर्दैन ! शंका लोभ र लालच भए ती सबैले घेर्छन् !! सुखी र निस्चिन्त बन्न नत सन्यासी बन्नुपर्छ ? निरोगी बलशाली बन्न नत खोरिया खन्नुपर्छ ??
विद्वान बन्न धेरै किताब पढ्नु पर्दैन महासय ! संसारको आशयलाई अलिअलि बुझे पुग्छ !! सम्पन्न बन्न धेरै धन मात्र भएर हुन्न महासय ! अलि अलि उदार तन मन मात्र भए पुग्छ !!